समाचार

ट्र्याक्टर दुर्घटना हुँदा सातको मृत्यु

काठमाडौं, साउन ४ । प्युठानमा ट्र्याक्टर दुर्घटना हुँदा सात जनाको मुत्यु भएको छ । स्वर्गद्वारी नगरपालिका–३ रुमालेमा गएराति लु२च ४२३४ नंको ट्र्याक्टर दुर्घटना भएको थियो । स्वर्गद्वारी धरमपानीबाट भिङ्ग्रीतर्फ आउँदै गरेको ट्र्याक्टर दुर्घटना हुँदा भिङग्री–स्वर्गद्वारी सडकखण्डमा काम गर्ने कामदारको मुत्यु भएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक विष्णुप्रसाद पौडेलले बताए । उनका अनुसार Read More…

संघ \संस्था

सामुदायिक प्रहरी सेवा केन्द्र धुलावारीको अध्यक्षमा ओली

मेचीनगर, साउन ३ । सामुदायिक प्रहरी सेवा केन्द्र धुलावारीको अध्यक्षमा प्रह्लादमणि ओली सर्वसम्मत चयन भएका छन् । शनिवार धुलावारीमा भएको विशेष साधारणसभाले ओलीको अध्यक्षतामा १५ सदस्यीय कार्य समिति चयन गरेको हो । समितिले सामुदायिक हितका लागि विभिन्न कार्य गर्दै आएको छ । यसको गठन सर्वदलीय आधारमा हुने गरेको छ । मेचीनगरको नन्दा पुलपश्चिम धुलावारी, चारआली, Read More…

विविध

सौतेनी आमाले लिइन् छोराको ज्यान

रौतहट, साउन ३ । देवाही गोनाही नगरपालिका–४ दोहर बस्ने गणेश सहनीका छोरा ५ वर्षीय कृष्ण सहनीको कुटपिटबाट मृत्यु भएको छ । उनको हत्या गरेको अभियोगमा उनकै सौतेनी आमा २० वर्षीया फुली देवी सहनीलाई प्रहरीले पक्राउ गरेको छ । फुली देवीको कुटपिटबाट गम्भीर घाइते भएका कृष्णको सुकदेव चोकस्थित नेपाल तराई सिटी अस्पताल रौतहटमा उपचारको क्रममा शनिबार Read More…

स्वास्थ्य

कमल गाउँपालिकाका थप एक जनामा कोरोना पोजेटिभ देखियो

कमल, साउन ३ । झापाको कमल गाउँपालिका ३ स्थित शहिद धर्मभक्त माध्यमिक विध्यालयको क्वारेन्टाईनमा रहेका एक जना पुरुषमा कोरोना भाइरस कोभिड १९ पोजेटिभ फेला परेको छ । साउदीबाट आएर क्वारेन्टाईनमा रहेका कमल गाउँपालिका ५ का ३४ वर्षिय पुरुषमा कोभिड १९ पोजेटिभ देखिएको कमल गाउँपालिका स्वस्थ्य शाखाले जनाएको छ । गाउँपालिकाले अहिले सम्ममा २ सय २३ Read More…

अर्थ

सहारा नेपालले गर्यो लकडाउन अवधिको ३ करोड ४५ लाख रुपैया ब्याज मिनाहा

झापा, साउन ३ । सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाले लकडाउन अवधी चैत देखी असार सम्मको ब्यापमा छुट दिएको छ । देशकै उत्कृष्ट सहकारीको रुपमा आफ्नो पहिचान बनाई सकेको विर्तामोड–२ स्थित चारपानेमा प्रधान कार्यालय रहेको सहारा नेपालले आफ्नो लगानीको हुन आउने ब्याजमा १० प्रतिशत छुट गरेको छ । उक्त ब्याज छुट बराबरको रकम कुल Read More…

राजनीति

नेकपाको सचिवालय बैठक आज, शीर्ष नेताहरु बैठकमा जुट्दै

काठमाडौं, साउन ३ । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज बस्दै छ । नेकपाको विवाद समाधानका लागि आज दिउँसो तीन बजे सचिवालयमा छलफल हुन लागेको हो । गत असार १७ गतेदेखि सुरु भएको स्थायी कमिटीको बैठकमा अधिकांश सदस्यहरुले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले दुवै पदबाट राजीनामा दिनुपर्ने माग गरेका थिए Read More…

शिक्षा

प्याब्सन, एनप्याब्सन कमलले संयुक्त बुझाए गाउँपालिकालाई ध्यानाकर्षण पत्र

झापा, साउन ३ । निजी बिद्यालय संगठन प्याब्सन र एनप्याब्सन कमल समितिले कमल गाउँपालिकालाई संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका छन् । संगठनको केन्द्रिय नेतृत्वको निर्देशन बमोजिम कमल गाउँपालिका भित्र रहेका निजी बिद्यालयहरुका सबै गतिविधि बन्द गर्ने जानकारी ध्यानाकर्षण पत्रमार्फत गराइएको छ । प्याब्सन कमल अध्यक्ष बदीराम राई र एनप्याब्सन अध्यक्ष हजेन्द्र बस्नेतद्वारा हस्ताक्षरीत पत्रमा भनिएको Read More…

स्वास्थ्य

मेची नेत्रालयको शाखा अब दमकमा

मेचीनगर, साउन २ । मेची नेत्रालय आँखा अस्पताल काँकरभिट्टाले आफ्नो दमक शाखामार्फत सेवा सुरु गरेको छ । आम नागरिकहरुमा थप गुणस्तरीय र बिस्तारित सेवा प्रदान गर्ने उद्देश्यका साथ अस्पतालको पहिलो शाखाको रुपमा दमक शाखाको स्थापना गरिएको अस्पतालका मेडिकल डाईरेक्टर डा। शरदचन्द्र प्रकाश राईले बताउनु भयो । पूर्वीनाका काँकरभिट्टा रहेको मेची नेत्रालयले नेपालसंगै छिमेकी राष्ट्र भारत, Read More…

शिक्षा

निजी बिद्यालय संगठनले गराए नगरपालिकाको ध्यानाकर्षण

मेचीनगर, साउन २ । निजी बिद्यालय संगठन प्याब्सन र एनप्याब्सन मेचीनगर समितिले मेचीनगर नगरपालिकालाई संयुक्त रुपमा ध्यानाकर्षण पत्र बुझाएका छन् । संगठनको केन्द्रिय नेतृत्वको निर्देशन बमोजिम मेचीनगर नगरपालिका भित्र रहेका निजी बिद्यालयहरुका सबै गतिविधि बन्द गर्ने जानकारी ध्यानाकर्षण पत्रमार्फत गराइएको छ । प्याब्सन मेचीनगर अध्यक्ष डम्बर रुचाल र एनप्याब्सन अध्यक्ष भगिरथ राईद्वारा हस्ताक्षरीत पत्रमा भनिएको Read More…

संघ \संस्था स्वास्थ्य

मेचीनगरका व्यवसायी सदस्यको बीमा कोष लागू

मेचीनगर, साउन २ । मेची उद्योग वाणिज्य संघले आफ्ना सदस्यका लागि राहत प्रदान गर्ने उदेश्यले व्यावसायिक सदस्य बीमा कोष लागू गरेको छ । साउन १ गतेदेखि दुर्घटना वा प्राकृतिक मृत्युवरण भएमा एक लाख रुपैयाँसम्म प्रदान गर्नेगरी आफ्नै कोषबाट बिमा लागू गरिएको संघको सभाकक्षमा शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ । संघका अध्यक्ष ऋषिराज तिम्सिनाले Read More…