मनोरञ्जन

पुजा र प्रकाशको विवादमा कलाकार संघको पहल के हुनेछ त ?

दिनेश दाहाल
काठमाडौं, साउन २५ ।
नायिका पूजा शर्मा र पत्रकार प्रकाश सुवेदी विचको विवाद कलाकार संघ सम्म पुगेको छ। नयिका शर्माले आइतबार पत्रकार सुवेदी विरुद्ध कलाकार संघमा उजुरी दिएकी हुन्।

पत्रकार सुवेदीले नायिका पूजाविरुद्ध दिएको अभिव्यक्तिमा अपशब्द र होच्चाउने शब्द प्रयोग गरेको भन्दै आलोचना भइरहेका बेला कलाकार संघमा उजुरी परेको हो।

एपिवान टेलिजिनमा प्रशारण हुने रजतपट नामक कार्यक्रममा रंगपत्रकार प्रकासले भनेका थिए, ‘आफैँ नजान्ने अनि हामीले चाहिँ लिएको इन्टरभ्यू काटिदिनु पर्ने ? मिलाई मिलाई महानायिका बनाइदिनु पर्ने ? त्यो पनि दाह्रा निस्किएको अनुहारलाई ?

यद्यपी प्रकासले उक्त कार्याक्रममा पूजा शर्माको नाम लिएका छैनन्। नामै नतोकिएको भएता पनि पूजा माथि नै कटाक्ष भएको दावी गर्दै आएका छन्। पत्रकार प्रकाशले नायिका माथि असभ्य, अमर्यादिद शब्द प्रयोग गरेर टिप्पणी गरेको भन्दै कारबाहीको माग गर्दै कलाकार संघमा उजुरी दिएकी हुन्।

नायिका पूजा शर्माको उजुरी परेपछि के कसरी अगाडि बढ्ने भन्ने सम्बन्धमा कलाकार संघको भोलि बैठक बसेर थप कदम चाल्ने कलाकार संघका प्रवक्ता मोहन निरौलाले जानकारी दिएका छन्।

पछिल्लो समय नेपाली कलाकार प्रति भएको आक्रमण र गाली गलौचले सिनेक्षेत्र र कलाकर्मी लाई असर पर्ने भएकोले यस्ता कार्यलाइ निरुत्साहित गर्न सञ्चारकर्मि पनि जिम्मेवार र गम्भीर हुनुपर्ने प्रबक्ता निरौलाले बताए ।

कलाकार संघको अबको बाटो भनेको दुबै पक्ष लाई सहज हुने वातावरण बनाएर समन्वय गरी यस्ता घटना क्रम भावी रुपमा दोहोरिन नदिने गरि अघि बढाउने प्रवक्ताको भनाइ रहेको छ ।

यस्ता किसिमका घटना क्रमहरु पछिल्लो समय दोहोरी रहेको हुनाले यस्तो घटना क्रमले समाजमा पनि गलत म्यासेज जाने कलाकार र सञ्चारकर्मिको पनि नङ र मासुको सम्बन्धमा असर पुग्ने हुनाले यस्ता घटना क्रमलाई पुर्ण रुपमा रोक्ने पहलको आह्वान संघले गर्ने उनले जानकारी दिएका छन् ।

त्यस्तै उनले कलाकार होस या सञ्चारकर्मी सबैले आचारसंहिता भित्र रहेर आफुलाई प्रस्तुत गर्नु पर्ने कुरामा पनि जोड दिएका छन ।

अन्त्यमा आपसी समझदारीमा घटना क्रमलाई मिलाउदा यस्ता घटना क्रमहरु दोहोरीने हुनाले यसलार्इ भविस्यमा पनि आउन नदिने गरी संघले पहल गर्ने जानकारी दिएका छन् ।