काठमाडौं, भदौ २ । राष्ट्रकवि माधव प्रसाद घिमिरेको निधन भएकाे छ । मंगलबार साँझ करिब ६ बजेकाे समयमा उनकाे निधन भएकाे पारिवारिक स्राेतले जनायाे ।
लम्जुङको पुस्तुनमा १९७६ असोज ७ गते जन्मिएका उनको १०२ वर्षको उमेरमा निधन भएको पारिवारिक श्रोतले जानाएको छ ।
घिमिरेले भारतमा बनारसको क्वीन्स विश्वविद्यालयबाट सर्वदर्शनमा शास्त्री गरेका थिए ।
उनी वि.सं. २०१४ सालमा नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानको सदस्य भएपछि आजीवन सदस्य, उपकुलपति, कुलपति भएर प्रज्ञाप्रतिष्ठानमा लामो समयसम्म सक्रिय रहिरहेका थिए ।
उनका नव मञ्जरी, गौरी (शोककाव्य), मालती मङ्गले,(गीतिनाटक), हिमालपारि हिमालवारि (गीतिनाटक), राजेश्वरी, इन्द्रकुमारी, राष्ट्रनिर्माता, किन्नर–किन्नरी (गीतसङ्ग्रह), चारु चर्चा (निबन्ध), आफ्नो बाँसुरी आफ्नै गीत लगायतका कृति सर्वाधिक चर्चित छन् ।
घिमिरेका दुई कृतिले साझा पुरस्कार पाएका छन् । २०५४ सालमा ‘हिमालपारि हिमालवारि’ र २०५८ सालमा चारु चर्चा’ कृतिका लागि साझा पुरस्कार पाएका हुन । २०६७ सालमा उनलाई पद्मश्री साधना सम्मान पुरस्कार प्राप्त गरेका थिए ।
‘गाउँछ गीत नेपाली’ फूलको थुङ्गा बगेर गयो गंगाको पानीमा, आजै र राति के देखेँ सपना’ जस्ता चर्चित गीत रचना गरेका थिए ।

