झापा, भदौ २ । पछिल्लो २४ घण्टामा झापाका विभिन्न स्थानीय तहका २० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। प्रदेश १ को सामाजिक विकास मन्त्रालयका अनुसार दुई महिला र १८ जना पुरुषमा संक्रमण पुष्टि भएको हो।
संक्रमित पुष्टि हुनेमा भद्रपुर नगरपालिका र कनकाई नगरपालिकाका एक एक जना महिला, भद्रपुरकै पाँच जना, दमक नगरपालिकाका ७ जना, झापा गाउँपालिकाका २ जना र ठेगाना नखुलेका ४ जना पुरुषमा संक्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
मंगलबार प्रदेश १ मा १३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि हुनेमा ४२ जना महिला र ९७ जना पुरुष रहेका छन्।

