काठमाडौं, असोज २ । युरोपा लिगको दोस्रो चरणको छनोट खेलमा इटालियन क्लब एसी मिलानले जित निकालेको छ ।
बिहीबार राति भएको खेलमा मिलानले आयरल्याण्डको सामरक रोभर्सलाई २–० गोलले हराएको हो ।
साउथ डब्लिनस्थित तल्लहट स्टेडियममा भएको खेलमा मिलानलाई जितउन ज्लाटन इब्राहिमोभिक र हाकान कलहानोग्लुले समान एक–एक गोल गरे । मिलानले इब्राहिमोभिकको गोलमा सुरुआती अग्रता बनाएको थियो ।
२३औं मिनेटमा उनले गोल गरेपछि मिलानले पहिलो हाफभरि १–० गोलको अग्रता बनाएको थियो । खेलको ६७औं मिनेटमा कालहानोग्लुले गोल गर्दै मिलानलाई २–० को जित दिलाए ।

