काठमाडौं, असोज ६ । रोयल च्यालेन्जर्स बैङलोरले ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा रोमाञ्चक जित हात पारेको छ ।
सिजनको पहिलो खेलमा सनराईजर्स हैदरावादलाई १० रनले हराउदै बैङलोरले १३ औ संस्करणको प्रतियोगीतामा सुखद सुरुवात गरेको हो । बैङलोरले दिएको १ सय ६४ रनको चुनौती पछ्याएको हैदरावाद २ बल अगावै १ सय ५३ रनमा समेटियो ।
जोनी ब्रेष्टोले ६१, मनिष पाण्डेले ३४ तथा प्रियम गर्गले १२ रन बनाएपनि टोलीलाई जितसम्म पुर्याउन सकेनन् । हैदरावादका अन्य ब्याट्सम्यानले दोहोरो अंकको स्कोर छुन सकेनन् । बैङलोरका युजवेन्द्र चहालले ३ तथा शिभम दुवे र नभदिप सैनीले समान २ विकेट लिए । डेल स्टेनको नाममा एक विकेट रह्यो । कप्तान डेभिड वार्नर र अभिषेक शर्मा रनआउट भए ।
यसअघि दुबई ईन्टरनेशनल क्रिकेट स्टेडियममा पहिला व्याटिङमा उत्रिएको बैङलोरले ५ विकेट गुमाई १ सय ६३ रनको मध्यम योगफल तयार पारेको थियो । देवदत्त पाडीकालले सर्बाधिक ५६ रन बनाएको ईनिङसमा एबी डिबिलियर्सले ५१ रन बनाए । एरोन फिन्चले २९ र कप्तान बिराट कोहलीले १४ रन जोडे । हैदराबादका अबिशेक शर्मा, बिजय शंकर र टि नटराजले समान एक विकेट लिए । डिभिलियर्स र सिभम दुवे रनआउट भएका थिए ।
आईपीएलमा आज राजस्थान रोयल्स र चेन्नई सुपर किंग्सबिच प्रतिस्पर्धा हुनेछ ।

