मेचीनगर, असोज २३ । मेची नेत्रालय आँखा अस्पताल काँकरभिट्टाले आयोजना गरेको अनलाईन चित्रकला प्रतियोगिताको उपाधि इष्ट होराईजन अग्रेजी मावि धुलावारीका अभिषेख प्रधानले जितेका छन् ।
विश्व दृष्टि दिवसको अवसरमा मेची नेत्रालयले आयोजना गरेको प्रतियोगिताका विजेता प्रधानले नगद रु ५ हजार र प्रमाण पत्र प्राप्त गरेका छन् । त्यस्तैै नर्थ प्वाइन्ट अग्रेजी मावि काँकरभिट्टाका बिरुना राईले दोस्रो स्थान हासिल गर्दै नगद रु ३ हजार र प्रमाण पत्र प्राप्त गरेकी छिन् । तेस्रो स्थान हासिल गरेका धुलावारी माविका सहनवाज अलिले नगद रु २ हजार तथा प्रमाण पत्र प्राप्त गरे ।
विजेतालाई प्रतियोगिताका निर्णायक रिडर्स झापाका अध्यक्ष एवं लेखक उज्वल प्रसाईं, देही आर्टका निर्देशक छितेन शेर्पा र मेची नेत्रालयका मेडिकल डाइरेक्टर डा. शरदचन्द्र प्रकाश राईले पुरस्कार तथा प्रमाण पत्र प्रदान गर्नु भयो ।
लक डाउनका कारण प्रत्यक्षरुपमा कार्यक्रम सञ्चालन गर्ने अवस्था नभएका कारण अनलाईनमार्फत विद्यार्थीहरु लक्षित प्रतियोगिताको आयोजना गरिएको मेची नेत्रालयकी प्रमुख प्रशासक पुनम प्रधानले बताउनु भयो ।
प्रतियोगितामा मेचीनगर भरका विभिन्न विद्यालयका २१ जना विद्यार्थीहरुले प्रतिस्पर्धा गरेका थिए । फेसबुकमार्फत गरिएको शेयर, लाईक र निर्णायकको निर्णयको आधारमा प्रतियोगिहरुको मुल्यांकन गरिएको निणार्यक एवं अस्पतालका मेडिकल डाइरेक्टर डा. राईले जानकारी दिनु भयो ।
कोरोनाका प्रभावका बिच समेत उत्साहजनक सहभागीता जनाएका विभिन्न विद्यालयका बिद्यार्थीहरुमा आयोजकको तर्फबाट आभार प्रकट गरिएको डा. राईले बताउनु भयो ।
सामाजिक उत्तरदायित्व अन्तर्गत यस किसिमका सामाजिक गतिविधिहरु अस्पतालले आगामी दिनमा समेत निरन्तरता दिइने प्रशासक प्रधानले रेडियो साथीलाई बताउनु भयो ।

