स्वास्थ्य

मेचीनगर प्रमुख आचार्य सहित थप ४ जनामा कोरोना संक्रमण पुष्टि

झापा, असोज २८ । मेचीनगर प्रमुख बिमल आचार्य सहित मेचीनगर नगरपालिकामा थप ४ जनामा कोरोना भाइरस कोभिड १९ संक्रमण पुष्टि भएको छ । यससंगै मेचीनगरमा कुल कोरोना संक्रमितको संख्या १८५ पुगेको छ । हिजो संकलन गरिएको स्वाबको आज प्राप्त नतिजामा आफुमा कोरोना पुष्टि भएको रिपोर्ट प्राप्त भएको नगर प्रमुख आचार्यले जानकारी दिनु भयो । सक्रमण Read More…

समाचार

निजी प्रयोगशालामा पनि पीसीआर परीक्षण निशुल्क बनाउन सर्वोच्चको आदेश

काठमाडौं, असोज २८ । सर्वोच्च अदालतले कोरोना भाइरस संक्रमण पत्ता लगाउन गरिने पीसीआर परीक्षण निशुल्क गर्न सरकारलाई आदेश दिएको छ । निजी प्रयोगशाला र भिसा प्रयोजनका लागि गरिने पीसीआर परीक्षणमा पनि शुल्क नलिन अदालतले सरकारलाई आदेश दिएको छ । न्यायाधीशहरु आनन्दमोहन भट्टराई र टंकबहादुर मोक्तानको इजलासले कोरोनाको परीक्षणलाई पनि आधारभूत स्वास्थ्य सेवाको रुपमा व्याख्या गर्दै Read More…

खेलकुद

आईपीएल: चेन्नईको तेस्रो जित, हैदरावाद २० रनले पराजित

काठमाडौं, असोज २८ । चेन्नई सुपर किंग्सले ईण्डियन प्रिमियर लिग क्रिकेट आईपीएलमा तेस्रो जित हात पारेको छ । आठौ चरणमा गएराती सनराईजर्स हैदरावादलाई २० रनले हराउदै चेन्नईले उसैसंग अंक बराबरी गरेको हो । चेन्नईले दिएको १ सय ६८ रनको लक्ष्य पछ्याएको हैदरावादले ८ विकेट गुमाएर १ सय ४८ रन मात्र बनाउन सक्यो । केन विलियम्सनले Read More…

अर्थ

सार्वजनिक यातायातको भाडा ५० प्रतिशतले घट्यो

काठमाडौँ, असोज २८ । सरकारले सिट क्षमताको आधा मात्र यात्रु राख्ने प्रावधानलाई यथावत् राख्दै सार्वजनिक यातायातको भाडा भने घटाएको छ । सोमबारको मन्त्रिपरिषद्को निर्णयले बन्दाबन्दीपछि वृद्धि गरिएको ५० प्रतिशत भाडा घटाएर पूर्ववत् भाडा नै कायम गरेको हो । यससँगै डेढीले भाडा बढेकामा अब सामान्य अवस्थामा आउने भएको छ । तथापि सो निर्णयलाई सरकारले औपचारिक रूपमा Read More…

संघ \संस्था

नारी सञ्चार गृहको अध्यक्षमा भीमा शिवाकोटी

झापा, असोज २७ । झापाका पत्रकार महिलाहरुको छाता संगठन नारी सञ्चार गृहको अध्यक्षमा भीमा शिवाकोटी सर्वसम्मत चयन भएकी छन् । गृहको आज विर्तामोडमा सम्पन्न तेस्रो अधिवेशनले शिवाकोटीको नेतृत्वमा नयाँ कार्य समिति सर्वसम्मत निर्वाचित गरेको हो । शिवाकोटी नेपाल पत्रकार महासंघ झापाकी उपाध्यक्ष एवम् कञ्चनजंघा एफएममा आवद्ध पत्रकार हुन् । यस अघि उनी नारी सञ्चार गृहको Read More…

स्वास्थ्य

पछिल्लो २४ घण्टामा झापाका ५ सहित नेपालमा ३५५६ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडौं, असोज २७ । नेपालमा पछिल्लो २४ घण्टामा झापाका ५ सहित थप ३ हजार ५ सय ५६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य कार्यालय झापाले दिएको जानकारीमा आज झापाको गौरादह, कमल गाउँपालिका र दमक नगरपालिकामा संक्रमण पुष्टि भएको छ । पुष्टि हुनेमा दमकका २ महिला र १ पुरुष गरी ३ स्थानीय, गौरादह Read More…

संघ \संस्था

सार्वजनिक सवारी साधनको सबै सिटमा यात्रु बोक्न खुला

काठमाडौं, असोज २७ । सरकारले सार्वजनिक सवारी साधनमा पनि सबै सिटमा यात्रु चढाउन दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्को बैठकले बढीमा आधा सिट क्षमतामा चलाउनुपर्ने पहिलेको निर्णय उल्टाएको हो । सरकारले सार्वजनिक यातायात सञ्चालन गर्न दिएसँगै एक लहरमा एक जना मात्र राख्नुपर्ने र भाडा बढाएर ५० प्रतिशत लिन दिने निर्णय गरेको थियो । अब दशैंको Read More…

समाचार

मुख्यमन्त्री शाहीविरुद्ध सांसदले राखेको अविश्वास प्रस्ताव फिर्ता गराउन नेकपा अध्यक्ष दाहालको दौडधुप

काठमाडौं, असोज २७ । कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध पार्टीकै सांसदले राखेको अविश्वास प्रस्ताव फिर्ता गराउन नेकपा अध्यक्ष पुष्पकमल दाहालले पहल गरेका छन्। पूर्वमाओवादीबाट मुख्यमन्त्री बनेका शाहीविरुद्ध पूर्वएमाले र माओवादीतर्फकै बहुमत सांसदले मुख्यमन्त्रीबाट फिर्ता गराउन आइतबार पार्टीमा अविश्वास प्रस्ताव दर्ता गरेका थिए। दाहालले अर्का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली, वरिष्ठ नेता माधवकुमार नेपाल र पूर्वमाओवादी Read More…

खेलकुद

आईपीएल: बैँगलोरको पाँचौँ जित

काठमाडौं, असोज २७ । रोयल च्यालेन्जर्स बैंगलोरले यूएईमा जारी १३औं संस्करणको आईपीएल टी-ट्वान्टी क्रिकेटमा पाँचौ जित निकालेको छ । सारजाहमा सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्सलाई ८२ रनले पराजित गर्दै बैंगलोरले पाँचौँ जित निकालेको हो । सारजाह क्रिकेट स्टेडियममा बैंगलोरले दिएको १ सय ९५ रनको लक्ष्य पछ्याएको कोलकाताले २० ओभरमा ९ विकेट गुमाएर १ Read More…

समाचार

कात्तिक मसान्तसम्म अन्तराष्ट्रिय सीमा नाका बन्द गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं, असोज २६ । सरकारले कात्तिक मसान्तसम्म अन्तराष्ट्रिय सीमा नाका बन्द गर्ने निर्णय गरेको छ । नेपालमा कोरोना भाइरसको संक्रमण बढिरहेका बेला सरकारले यस्तो निर्णय गरेको हो । सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले जोखिमको अवस्था कायमै रहेको र भारतमा पनि कोरोना संक्रमण बढिरहेकाले सीमा बन्द गर्ने निर्णय गरेको हो ।