खेलकुद

दोस्रो प्रदेश स्तरीय ब्याडमिन्टन प्रतियोगिता मेचीनगरमा शुरु

मेचीनगर, पुस २३ । झापाको मेचीनगरमा आजबाट १ नम्बर प्रदेशस्तरीय ब्याडमिन्टन प्रतियोगिताको दोस्रो संस्करण शुरु भएको छ । प्रतियोगिताको १ नम्बर प्रदेशसभा सदस्य श्रीप्रसाद मैनालीले उद्घाटन गर्नुभएको थियो । मेची ब्याडमिन्टन क्लब काँकरभिट्टाको आयोजनामा मेचीनगर–६ स्थित मेची सामुदायिक भवनमा आजबाट सुरु भएको प्रतियोगिता पुस २५ गते सम्म सञ्चालन हुने आयोजकले जनाएको छ । प्रतियोगितामा मेन्स Read More…

समाचार

राष्ट्रियसभाका सांसदहरू प्रतिनिधिसभा विघटनको पक्ष र विपक्षमा, कसले के भने ?

काठमाडौं, पुस २३ । राष्ट्रियसभाको आजको बैठकमा सांसदले प्रतिनिधिसभा विघटनबारे पक्ष र विपक्षमा आआफ्ना धारणा व्यक्त गरेका छन् । आजको विशेष समयमा सांसद रामनारायण बिडारीले संविधानसभाले लामो समय लगाएर बनाएको संविधानको धारा ७६ र १०० लाई देश र विदेशका विज्ञसमेतको परामर्शमा प्रतिनिधिसभा प्रधानमन्त्रीको इच्छामा भंग हुन सक्दैन भनेर आफूले जानेसम्मको भाषा लेखिएको विचार राखे । Read More…

अर्थ

अब अर्को बैंकको एटिएमबाट पैसा झिक्दा २० रुपैयाँ शुल्क लाग्ने

काठमाडौं, पुस २३ । राष्ट्र बैंकले आगामी माघ १ गतेदेखि अन्तर बैंक एटिएम कारोबारमा शुल्क लिन पाउने व्यवस्था गरेको छ । बिहीबार भुक्तानी सम्बन्धी निर्देशन जारी गर्दै बैंकले एक बैंकको कार्ड अर्को बैंकको एटिएममा प्रयोग गर्दा सेवा शुल्क लाग्ने व्यवस्था गरेको हो । यद्यपि राष्ट्र बैंकले महिनामा दुई पटक मात्रै अन्तर बैंक एटिएम प्रयोग गर्दा Read More…

समाचार

देशैभरका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्ने तयारी

काठमाडौं, पुस २३ । निर्वाचन आयोगले आगामी माघ १५ गतेदेखि देशैभरका स्थानीय तहमा मतदाता नामावली अद्यावधिक कार्यक्रम सञ्चालन गर्न तयारी अघि बढाएको छ । आयोगका अनुसार देशभरका ७ सय ५३ वटै स्थानीय तहका वडाहरुमा सो कार्यक्रम सञ्चालन गरिनेछ । सोका लागि आवश्यक व्यवस्था मिलाउन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमार्फत आयोगले देशभरका स्थानीय तहलाई पत्राचार Read More…

संघ \संस्था

कालिका जेसीजको दोस्रो अध्यक्ष सन्देश रेग्मी

बाहुण्डाँगी, २३ पुस । कालिका जेसीज वर्ष २०२१ को शाखा अध्यक्षमा सन्देश रेग्मी सर्वसम्वत निर्वाचित हुनु भएको छ । हालै सम्पन्न शाखाको पहिलो शाखा अधिवेशनले रेग्मीलाई अध्यक्षमा निर्वाचित गरेको हो । रेग्मी शाखाको दोस्रो अध्यक्ष बन्न सफल हुनु भएको छ । गत वर्ष हेटौडामा भएको नेपाल जेसीजको चौथो बोर्ड बैठकले प्रस्तावित शाखाको रुपमा स्वीकृत गरेको Read More…

संघ \संस्था

कालिका जेसीजको दोस्रो अध्यक्षमा सन्देश रेग्मी

बाहुण्डाँगी, २३ पुस । कालिका जेसीज वर्ष २०२१ को शाखा अध्यक्षमा सन्देश रेग्मी सर्वसम्वत निर्वाचित हुनु भएको छ । हालै सम्पन्न शाखाको पहिलो शाखा अधिवेशनले रेग्मीलाई अध्यक्षमा निर्वाचित गरेको हो । रेग्मी शाखाको दोस्रो अध्यक्ष बन्न सफल हुनु भएको छ । रेग्मी शाखाको संस्थापक कार्यकारीणी हुन् । गत वर्ष हेटौडामा भएको नेपाल जेसीजको चौथो बोर्ड Read More…

विविध

कसले कस्तो जुता लगाउने ? ज्योतिष शास्त्रले यसो भन्छ

कठमाडौं, पुस २३ । हामीले बच्चादेखि नै सुन्दै आएका छौँ कि जुत्ता तथा चप्पल उल्टो पल्टिएको छ भने त्यसलाई सुल्टो (सीधा) बनाउनुपर्दछ । बाटो तथा आँगन अगाडि उल्टो जुता देखियो भने साइत बिग्रिन्छ भन्ने पनि मान्यता रहेको छ । तर ज्योतिष शास्त्रका अनुसार मानव जीवनसँग सम्बन्धित हरेक चीज कुनै न कुनै ग्रहसँग जोडिएका हुन्छन् । Read More…

खेलकुद

युनाईटेडलाई पराजित गर्दै सिटी फाइनलमा प्रवेश

कठमाडौं, पुस २३ । म्यानचेस्टर सिटी काराबाओ कप (इएफएल) फुटबलको फाइनलमा पुगेको छ । अब सिटीले उपाधिका लागि टोटेनहमसँग प्रतिस्पर्धा गर्नेछ । बुधबार राति भएको दोस्रो सेमिफाइनलमा म्यानचेस्टर युनाईटेडलाई २-० ले पराजित गर्दै सिटी फाइनलमा पुगेको हो । ओल्ड ट्राफोर्डमा सिटीलाई जित दिलाउन जोन स्टोन्स र फर्नान्डिन्होले एकएक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा Read More…