काठमाडौं, पुस २५ । नेपाल राष्ट्र बैंकले आज शनिबार पनि बैकहरु खुल्ला राख्न निर्देशन दिएको छ ।
राष्ट्र बैंकले दोस्रो त्रैमासको अन्तिम शनिबार भएकाले राजस्व संकलनका लागि बैंकका काउन्टर र शाखा कार्यालयहरु खुल्ला राख्न निर्देशन दिएको हो । यससंगै राजस्व संकलन हुने सबै बैंकका शाखा तथा काउन्टरहरु शनिबार भएता पनि आज खुल्लाहुने भएका हुन् ।

