मेचीनगर, माघ ४ । मेचीनगर–६ स्थित काँकरभिट्टामा जारी तेस्रो मेचीनगर स्तरीय बि डिभिजन स्नुकर टुर्नामेन्टमा आज सेमीफाईनल खेल सम्पन्न भएको छ । गत शुक्रबारदेखि सुरु भएको प्रतियोगितामा अब उपाधिका लागि अनिस मगर र विशाल तामाङले प्रतिष्पर्धा गर्ने भएका छन् ।
आईतबार भएको पहिलो सेमीफाईनल खेलमा बेष्ट अफ फाएप अन्ततर्गत अनिस मगरले शुभास तामाङलाई ३–१ सेटमा पराजित गर्दै उपाधिका लागि फाईनल यात्रा तय गरे । त्यस्तै आज नै भएको दोस्रो सेमीफाईनल खेलमा बेष्ट अफ फाएप अन्ततर्गत विशाल तामाङले अमित श्रेष्ठलाई ३–० सेटमा पराजित गर्दै उपाधिका लागि अनिस मगरसंगको भेट पक्का गरे ।
त्यसैगरी सेमीफाईनल खेलमा पराजित बनेका शुभास तामाङ र अमित श्रेष्ठ तेस्रो स्थानका लागि प्रतिस्पर्धा गर्ने छन् ।
प्रतियोगिताको फाईनल खेल भोलि हुने आयोजक ब्ल्याक एड पुल एण्ड क्याफे मेचीनगरका अध्यक्ष निमा वाङगेल तामाङ (राजु) ले हाम्रो खबरपाटी डटकमलाई जानकारी दिए ।
मेचीनगरका ३२ जना खेलाडीले प्रतिष्पर्धा गरेको प्रतियोगितामा प्रथम हुनेले नगदराशी १२ हजार ५ सय, द्धितीयले ६ हजार ५ सय र तृतीयले ३ हजार २ सय रुपैयाँसहित ट्रफी पाउने छन् ।

