संघ \संस्था

भक्तपुर जेसीजको अध्यक्षमा शुभराम मुनाकर्मी निर्वाचित

बाहुण्डाँगी, ४ माघ । भक्तपुर जेसीजको २०२१ को अध्यक्षमा शुभराम मुनाकर्मी निर्वाचित हुनु भएको छ । शाखाको आइतवार सम्पन्न ४४ औँ शाखा अधिवेशनबाट मुनकर्मी २०२१ का लागि निर्वाचित हुनु भएको हो ।
शाखाको कार्यकारीणी उपाध्यक्षमा
रुपा जोशी र अनुज हाडा, उपाध्यक्षहरुमा सञ्जोग मुनंकर्मी
प्रबिना सुजखु, जेसी पदम जोशी र बिपिन कर्मचार्य निर्वाचित भएका निर्वाचन आयुक्त एवम २०१९ का अध्यक्ष विनोदकुमार मुनाकर्मीले बताउनु भयो ।
नवनिर्वाचित अध्यक्ष मुनकर्मीले महासचिवमा चन्दन कर्मचार्य र कोषाध्य

क्षमा निरज त्वयना मनोनित गर्नु भएको छ भने कानुनी सल्लाहकारमा शाखाको विधान अनुसार कान्छो पूर्व अध्यक्ष हुने प्रचलन छ । जस अनुसार विनोद कुमार मुनाकर्मी स्वत कानुनी सल्लाहकारमा मनोनित हुनु भएको छ ।
अन्य पदहरु भने पदहस्तान्तरणमा गरिनेछ ।