बाहुण्डाँगी, माद्ध ७ । पनौती जेसीजको २३ औं साधारणसभाले बर्ष २०२१ को लागि मिरा गिरीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन भएको छ ।
त्यस्तै निवर्तमान अध्यक्ष अनिल बोलखे, कार्यकारिणी उपाध्यक्षमा आरती सापकोटा र प्रकास हुमागाई, कानुनी सल्लाहकारमा अनिश ब्लोन लामा, उपाध्यक्षमा विजय सापकोटा लगायत चयन भएका छन् । अन्य मनोनित पदहरु मनोनित हुन बाँकी रहेको अध्यक्ष गिरीले जानकारी दिईन ।
पनौती जेसिजको २३ बर्षे यात्रामा गिरी दोश्रो महिला अध्यक्ष चयन भएकी हुन् । यस अघि २०११ मा उमा बस्नेत अध्यक्ष भएकी थिईन ।

