बाहुण्डाँगी, माघ ८ । दाङ लेडी जेसीजको आयोजनामा बुधवार बाल विवाह न्यूनिकरण सम्बन्धिी सचेतना कार्यक्रम सम्पन्न गरेको छ ।
भगवती मावि घोराही उपमहानगरपालिका वडा नम्बर १९ होडबाडमा आयोजित कार्यक्रममा विद्यार्थीहरुलाई बालविवाह न्यूनिकरण गर्ने विद्यार्थीले खेल्नु पर्ने भूमिका र समाजमा बालविवाहको न्यूनिकरण गर्ने उपायका बारेमा जानकारी गराइएको थियो । कार्यक्रममा विद्यार्थी तथा विभिन्न व्यक्तिहरुसहित २ सय जनाको सहभागिता रहेको थियो ।

शाखाकी २०२१ की अध्यक्ष ममता डाँगी विष्टको सभापतित्व तथा घोराही उपमहानगरपालिका वडा नम्ब्र १९ का वडा अध्यक्ष हर्कबहादुर घर्तीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा विशिष्ठ अतिथि भगवती मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शशीराम गिरी र सहप्रधानाध्यापक प्रेम बहादुर घर्ती, त्रिभूवननगर जेसीजका अध्यक्ष मुकेश्वर शर्मा, प्रमुख प्रशिक्षक प्रहरी सहायक निरिक्षक सपना समुन खड्काले बोल्नु भएको थियो ।

शाखाकी कोषाध्यक्ष अनिता ढकालले आस्थापाठ गरेको कार्यक्रमको धन्यवाद ज्ञापन कार्यकारीणी उपाध्यक्ष जुनुकुमारी बुढा र सञ्चालन महासचिव सुनिता थापाले गर्नु भएको थियो ।

