झापा, माघ ८ । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वले गरेको संसद विघटनको विरोधमा नेकपा प्रचण्ड–नेपाल पक्ष राष्ट्रिय युवासंघ नेपाल झापाले विर्तामोड पश्चिम स्टेण्ड देखी मुक्ति चोकसम्म मशाल जुलुस निकालेको हो।

भास्कर काफले, ददिराम रिमाल, नबिन इजामलगायत जिल्ला सस्तरिय नेकपाका नेता तथा युवा विद्यार्थीहरुले बार साँझ मशाल जुलुससहित प्रदर्शन गरेका हुन्। जुलुसलाई प्रहरीको टोलीले हस्तक्षेप गर्ने प्रयास गरेको थियो जसमा नेता भिष्म पौडेल, पुजा कडेललगायतका अखिलका नेता घाईते भएका छन् । उनिहरुको अवस्था अहिले सामान्य रहेको अनेरास्ववियू सहसंयोजक दुर्गा धमलाले बताए ।

शान्तिपूर्ण मशाल जुलुससहितको प्रदर्शनलाई प्रहरीले रोक्न खोजेपछी प्रहरी र प्रदर्शनकारी बिच तनाब सृर्जना भएको थियो ।
मशाल जुलुससहित प्रदर्शनमा सहभागीहरुले के.पी.ओली मुर्दाबाद, प्रतिनिधि सभा विघटन असंवैधानिक छ, संसद विघटन फिर्ता गर, नेकपा जिन्दावादभन्दै नारा लगाएका थिए।


