धर्म संस्कृती

त्रिभूवननगर जेसीजको सरसफाइ सहित सरसफाइका सामाग्री हस्तान्तरण

बाहुण्डाँगी, माघ १० जेसीआई त्रिभुवननगरको आयोजनामा मिति २०७७ माघ १० गते शनिबारका दिन प्रसिद्ध तीर्थ एवं पर्यटकीय स्थल गोरक्षरत्ननाथ मन्दिरमा सरसफाई तथा सरसफाई सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।

जेसीआई त्रिभुवननगरका कार्यबहाकअध्यक्ष कुलबहादुर वलीको अध्यक्षता एवं गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठका प्रमुख सुरत नाथ योगीको प्रमुख आतिथ्यतामा सम्पन्न सो कार्यक्रममा मन्दिर परिसर सरसफाई गरिएको थियो । कार्यक्रम संयोजक जेसी भ्यू पुन मगरको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा जेसीआई दाङ लेडीकी अध्यक्ष जेसी ममता विष्ट, गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठका सहायक व्यवस्थापक योगी देवनाथ, गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठका सचिव हिरानाथ योगी तथा प्रमुख अतिथि गोरक्ष पात्रदेवता सिद्धरत्ननाथ मठका प्रमुख सुरतनाथ योगीले जेसीआई त्रिभुवननगरले यस क्षेत्रमा गरेका कार्य र युवाहरुको नेतृत्वमा विकासमा पु¥याएको योगदानको चर्चा गर्नुभएको थियो । कार्यक्रममा मन्दिर व्यवस्थापन समितिलाई जेसीआई त्रिभुवननगरको तर्फबाट सरसफाई व्यवस्थपनमा सहयोग हेतु डस्वीन ४ थान, कुचो – १५ थान, फोहर उठाउने सामग्री ५ थान प्रदान समेत गरिएको थियो । कार्यक्रममा द लोटस ट्रेनिङ सेन्टरको विशेष उपस्थिति रहेको थियो । जेसी विमल खड्काको आस्थापाथबाट शुरु भएको सरसफाई कार्यक्रमको सहजीकरण बर्ष २०२१ का महासचिव जेसी टंक रावत गर्नुभएको थियो ।