संघ \संस्था

उदयपुर जेसीजद्धारा सदस्यहरुलाई उद्घोषण तालिम

बाहुण्डाँगी माघ १० । उदयपुर जेसीजद्धारा शाखाका सदस्यहरुका लागि एक दिने उद्घोषण तालिम सम्पन्न गरेको छ ।
शनिबार होटल टाउन हल एण्ड पार्टी प्यालेसमा “उद्घोषण तालिम“ सम्पन्न भएको हो । उदयपुर जेसीज बर्ष २०२१ को अध्यक्ष जेसी सर्मिला थापाको अध्यक्षता तथा बर्ष २०२१ को. का.उपाध्यक्ष जेसी ईश्वर मान राईको संयोजनमा तालिम संचालन भएको थियो । सो तालिम बर्ष २०२१ को तालिम संयोजक जेसी मिथुन ठाकुरले दिनुभएको थियो ! उदयपुर जेसीज बर्ष २०२१ मा नयाँ प्रवेश गर्नुभएका सदस्यहरुलाई लक्षित गरि उक्त उद्घोषण तालिम संचालन गरिएको थियो । जस पश्चात् सम्पुर्ण नयाँ सदस्यहरुले कसरी आफू अगाडी उभिएर अरुको सामुन्ने आफ्नो प्रस्तुती दिने, कसरी उद्घोषण गर्ने, के के कुराहरु बिचार गर्ने, के के कुराहरुमा सजग रहने जस्ता कुराहरु सिकाईएको थियो । साथै भविष्यमा कसरी लिडर बन्ने भन्ने बिषयमा पनि छ्लफल गरिएको थियो ! उक्त तालिम ले नयाँ सदस्यहरुलाई थप उर्जा मिलेको छ ! सो कार्यक्रममा नयाँ सदस्यहरु सगै उदयपुर जेसीज बर्ष २०२१ को बोर्ड मेम्बरहरुको पनि उपस्थिती रहेको थियो । साथै तालिमको अन्तमा आफ्नो अमुल्य समय निकालेर आउनुभएका आजका ट्रेनर जेसी मिथुन ठाकुरलाई अध्यक्ष जेसी सर्मिला थापाले मायाको चिनो प्रदान गर्नु भएको थियो ।