बाहुण्डाँगी, १६ माघ । सरस्वती मावि मेचीनगर ४ का विद्यार्थीहरुलाई उद्घोषण तालिम प्रदान गरिएको छ ।
विद्यालयले हरेक शुक्रवार अतिरित्त कार्यक्रम गर्दै आएकोमा आजको शुक्रवार उद्घोषण तालिमको आयोजना गरेको थियो ।

बाहुण्डाँगी जेसीज २०२० का कार्यकारीणी उपाध्यक्ष तथा लामो समय रेडियोमा अनुभव संगालेका देबु बानियाँले सहभागिलाई प्रशिश्रण गरएका थिए । तालिममा विद्यालयका ५० भन्दा बढी विद्यार्थीहरुको सहभागिता रहेको थियो । उनीहरुलाई प्रशिश्रक बानियाँले सफल उद्घोषक बन्नका लागि के के आवश्यक पर्छ ? के गर्दा सफल उद्घोषक भइन्छ ? लगायतका विषयमा सहजीकरण गरेका थिए ।
प्रशिश्रक बानियाँलाई बाहुण्डाँगी जेसीजले तर्फबाट प्रशिश्रकको रुपमा पठाएको थियो ।

्विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोमबहादुर आचार्यको सभापतित्वमा सम्पन्न कार्यक्रमको स्वागत शिक्षक अभिभावक संघका अध्यक्ष कौषल उप्रेतीले गरेका थिए भने सञ्चालन शिक्षक विक्रम थापाले गरेका थिए । उद्घाटन कार्यक्रममा विद्यालय प्रधानाध्यापक भीम श्रेष्ठ, शिक्षक तथा व्यवस्थापन समिति र शिक्षक अभिभावक संघका सम्पूर्ण पदाधिकारीहरुको सहभागिता रहेको थियो ।



