संघ \संस्था

उदयपुर जेसीज जेसीजको वक्तृत्वकलामा सुनिल घिमिरे च्याम्पियन

बाहुण्डाँगी माघ १७ । उदयपुर जेसीजले आयोजना गरेको अन्तर विद्यालय वक्तृत्वकला प्रतियोगितामा प्याराडाईज विद्यालयका सुनिल घिमिरे च्याम्पियन बनेका छन् ।

सहिद दिवसको अवसरमा “नेतृत्व विकासमा जेसीजको भूमिका” विषयक वक्तृत्वकला प्रतियोगितामा घिमिरेले प्रतियोगिताको उपाधी हात पारेका हुन् ।
प्रतियोगितामा सगरमाथा विद्यालयकी मनीषा घिमिरे दोस्रो तथा नमुना मा।वि।का विजय खड्का तेस्रो भएका छन् ।

त्रियुगा नगरपालिकाका विभिन्न माध्यमिक विद्यालयहरूका विद्यार्थीहरूको सहभागिता रहेको उक्त कार्यक्रमको सभापतित्व उदयपुर जेसीजकी अध्यक्ष शर्मिला थापाले गरेकी थिइन् । बालबालिकाहरुहरुको अन्तर निहित प्रतिभा प्रस्फुटन गर्न तथा उनीहरूको वाक्कलालाई अझ निखार ल्याउन कार्यक्रम आयोजना गरिएको थापाले बताइन् ।

प्रतियोगिता बरुवा क्याम्पस उदयपुरका प्राचार्य भीम खड्का तथा उदयपुर जेसीजका निवर्तमान अध्यक्ष सन्तोष गुप्ता रहेका थिए । उदयपुर जेसीजले विगत ४ दिनदेखि महिला, बालबालिका तथा समुदायमा समर्पित रही कार्यक्रमहरू आयोजना गरिरहेको छ ।
शाखाकी अध्यक्ष सर्मिला थापा (सबु) को सभापतित्व तथा त्रियुगा नगरपालिकाको उपप्रमुख देवीकुमारी चौधरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।