कला मनोरञ्जन

एलिना गुरुङ बनिन् ‘नेपाल स्टार’

काठमाडौं, माघ १७ । गायन रियालिटी सो ‘नेपाल स्टार’को विजेता पोखराकी एलिना गुरुङ भएकी छन्। काठमाडौंमा आज (शनिबार) सम्पन्न ‘ग्रान्ड फिनाले’मा उनले अन्य तीन फाइनलिस्टलाई पछि पार्दै उपाधि जितेकी हुन्। विजेताको टुंगो दर्शकको भोटको आधारमा गरिएको थियो। उपाधिसँगै गुरुङले ३५ लाख रूपैयाँको चेक र एक करोड रूपैयाँको जीवन बीमा पाएका छन्। सोको उपविजेता बनेका सुरेश Read More…

संघ \संस्था

उदयपुर जेसीजद्वारा महिला उद्यमीहरुलाई बैंकिङ सचेतना

बाहुण्डाँगी १७ माघ । महिला उद्यमीहरुको व्यवसाय बिस्तार गर्न तथा नेपाल सरकारबाट अनुदान प्राप्त बैंकिङ कर्जा बारे सचेतना गराउन उदयपुरमा सचेतनामुलक कार्यक्रम आयोजना भएको छ । उदयपुर जेसीजको आयोजनामा आज शनिबार गाइघाटमा महिला उद्यमी कर्जाबारे कार्यक्रम सम्पन्न भएको हो । उदयपुर जेसीजकी अध्यक्ष जेसी शर्मिला थापाको अध्यक्षतामा आयोजित कार्यक्रमको सहजीकरण सानिमा बैकका ऋण विभागका प्रमुख Read More…

संघ \संस्था

नारायणगढ लेडी जेसीजद्धारा निशुल्क दन्त शिविर सम्पन्न

बाहुण्डाँगी, १७ माघ । “मानबता को सेवा नै जीवन को सर्बोतम“ कार्य हो भन्ने भन्ने उद्देश्य का साथ नारायणगढ लेडी जेसीज द्वारा निशुल्क दन्त शिविर सम्पन्न भएको छ ।, नारायणी नमुना उच्च मा .बि मा शिविर सम्पन्न भएको हो । शिवरिबाट ४० जना दृष्टिबिहिन बालबालिकाले प्रत्यक्ष सेवा लिएका थिए । कार्यक्रममा ७० जना बढीको सहभागिता Read More…

राजनीति

ओलीकै कारण निर्मलाका बलात्कारीलाई कारवाही भएनः नेपाल

धनगढी, माघ १७ । नेकपा प्रचण्ड–नेपाल समूहका नेता एंव पूर्वप्रधानमन्त्री माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीकै कारण निर्मला पन्तले न्याय नपाएको आरोप लगाएका छन्। निर्मला पन्तको बलात्कारी तथा हत्यारालाई कारवाही गर्न आफुहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई पटक–पटक भनेको तर उनले सुन्न नचाहेको आरोप लगाएका हुन। नेकपा प्रचण्ड–नेपाल समूहले शनिबार धनगढीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन Read More…

राजनीति

मन्त्री बन्दिनः सांसद मैनाली

झापा, माघ १७ । झापा क्षेत्र नं.१ क का प्रदेश सभा सांसद श्रीप्रसाद मैनालीले आफु मन्त्री नहुने बताएका छन् । उनले एक कार्यक्रममा बोल्दै आफु पद भन्दा पनि देश र जनताको सेवामा समर्पीत हुँने भन्दै आफ्नै निर्वाचन क्षेत्रमा नै रहेर जनप्रतिनिधिको रुपमा सेवा गर्ने बताए । मुख्यमन्त्री शेरधन राई माथीको अविश्वासको प्रस्तावबाट आफ्नो हस्ताक्षर फिर्ता Read More…

राजनीति

ओली समूहले प्रचण्ड-नेपाल पक्षका सबै नेतालाई हटायो

काठमाडौं, माघ १७ । नेकपाको ओली समूहले लुम्बिनी प्रदेशमा जिम्मेवारी हेरफेर गरेको छ । प्रदेश कमिटी र लुम्बिनीका १२ वटै जिल्लामा जिम्मेवारी हेरफेर गरिएको हो । ओली समूहले ओनसरी घर्तीलाई हटाएर प्रदेश अध्यक्ष लीला गिरीलाई बनाएको छ । नेकपाको राजनीतिक विभाजनअघि घर्ती प्रदेश अध्यक्ष थिइन्। यद्यपि अहिले पनि दाहाल–नेपाल समूहको प्रदेश अध्यक्ष भने उनी घर्ती Read More…

समाचार

१०१ वर्षीया वृद्धाको आगो ताप्नेक्रममा जलेर मृत्यु

खोटाङ, माघ १७ । आगो ताप्नेक्रममा शरीर जलेर गम्भीर घाइते भएकी खोटेहाङ गाउँपालिका-७ खोटाङ बजारस्थित धनमुढाकी १०१ वर्षीया हिमादेवी अधिकारीको शुक्रबार मृत्यु भएको छ । गाईवस्तुलाई खोले पकाउन बालिएको आगो ताप्ने क्रममा शुक्रबार बिहान लुगामा आगो सल्किएर शरीर नै जलेपछि गम्भीर घाइते भएकी हिमादेवीको उपचारको क्रममा मृत्यु भएको हो । शरीरमा लगाएको लुगाबाट सल्किएको आगोले Read More…

अन्य

सल्यान जेसिजको चौथो पद हस्तान्तरण कार्यक्रम सम्पन्न

बाहुण्डाँगी माघ १७ । सल्यान जेसिसको वर्ष २०२१ का लागि निर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । सल्यान जेसिसको वर्ष २०२१ का लागि अध्यक्ष मोहन सारुको अध्यक्षतामा भएको कार्यक्रममा २०२१ का नवनिर्वाचित अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष हपिस भण्डारी, मोहन डाँगी, महासचिव दीपक बोहरा, उपाध्यक्षमा दिपेन्द्र डाँगी, अशोक बोहरा, गुरु प्रसाद ओली, देवराज घिमिरे, कोषाध्यक्ष Read More…

संघ \संस्था

वालिङ जेसीजको पद हस्तान्तरण कार्यक्रम सम्पन्न

बाहुण्डाँगी माघ १७ । वालिङ जेसीजको १७ औं पदस्थापना तथा पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य एबं संबिधान सभा सदस्य धनराज गुरुङले बर्तमान् बिषम परिस्थितीमा युवा शक्ती सजग र चनाखो हुनु पर्ने बताउनु भयो । उहाँले भन्नुभयो, “युवाहरुको सक्रियतता र सजगताले नै नागरिकका अधिकार सुनिश्चित हुन सक्छ ।” Read More…

संघ \संस्था

बागलुङ जेसीजको पदस्तापन सम्पन्न

बाहुण्डाँगी माघ १७ । बागलुङ जेसीज वर्ष २०२१ को नयाँ निर्वाचित कार्यसमितिको शुक्रबार पदस्थापन गरिएको छ । गत माघ ५ गते सम्पन्न बागलुङ जेसीजको शाखा अधिवेशनबाट निर्वाचित आनन्द रेग्मी नेतृत्वको कार्यसमितिले पदभार ग्रहण गरेका हुन् । बागलुङ जेसीज वर्ष २०२० का अध्यक्ष सुरेन्द्र शाक्यले २०२१ का लागि निर्वाचित अध्यक्ष रेग्मीलाई पदभार हस्तान्तरण गर्नुभएको थियो । Read More…