अन्य

सल्यान जेसिजको चौथो पद हस्तान्तरण कार्यक्रम सम्पन्न

बाहुण्डाँगी माघ १७ । सल्यान जेसिसको वर्ष २०२१ का लागि निर्वाचित पदाधिकारीहरुलाई पद हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।
सल्यान जेसिसको वर्ष २०२१ का लागि अध्यक्ष मोहन सारुको अध्यक्षतामा भएको कार्यक्रममा २०२१ का नवनिर्वाचित अध्यक्ष, कार्यकारिणी उपाध्यक्ष हपिस भण्डारी, मोहन डाँगी, महासचिव दीपक बोहरा, उपाध्यक्षमा दिपेन्द्र डाँगी, अशोक बोहरा, गुरु प्रसाद ओली, देवराज घिमिरे, कोषाध्यक्ष गणेश बिश्वकर्मा र सचिव आशिष केसी लाई निर्वाचन समितीका संयोजक राजेन्द्र कुमार थापा ले सपथ खुवाउन भएको थियो

कार्यक्रमका प्रमुख अतिथि कर्णाली प्रदेशका अर्थ मन्त्री प्रकाश ज्वालाले सल्यानमा जेसिजलाई सामाजिक कार्यमा अग्रसरता लिइ एउटा नमुना संस्थाको रुपमा पहिचान बनाउन आग्रह गर्नुभयो । महामारीको रुपमा आएको कोरोना भाइरसको त्रासमा रहेका दैनिक मजदुरी गरिखाने बर्गलाई सल्यान जेसिसले गरेको राहत बितरणले एउटा अब्बल संस्थाको रुपमा आफुले बुझेको बताउनु भयो । उहाँले जेसिजले आफ्नै भवन निर्माण गर्ने उद्देश्य राखेकोले जेसिजलाइ आफुले सक्दो सहयोग पनि गर्ने बताउनु भयो ।

सल्यानको श्रीनगरमा भएको पद हस्तान्तरण कार्यक्रममा जेसिज २०२०का राष्ट्रिय कार्याकारी उपाध्यक्ष लालमणि भण्डारीले सल्यान जेसिज लाई त्रिभुवननगर जेसिजले ४ बर्ष अगाडि एउटा शिशुको रुपमा दिएकोले यसलाई हुर्काउन सल्यानका आम युवाहरुले महत्वपूर्ण भुमिका खेलेको बताउनु भयो । समाज सेवाका लागी एउटा संस्थाले कस्तो भुमिका खेल्छ भन्ने कुरा कोरोना महामारीमा नेपालभरीका जेसिजमनहरुले खेलेको सहयोगको भुमिका बाट पुष्टि भएको बताउनु भयो ।
कार्यक्रममा त्रिभुवननगर जेसिजका अध्यक्ष,तुल्सीपुर जेसिजका कार्यबाहक अध्यक्ष,दाङ लेडि जेसिजका अध्यक्ष,शारदा नगरपालिकाका वडा अध्यक्ष नबराज बुढाथोकी, सल्यान उद्योग वाणिज्य संघ सल्यानका अध्यक्ष वीर बहादुर चलाउनेले आफ्नो मन्तब्य राख्नु भएको थियो ।

कार्यक्रममा वर्ष २०२० का अध्यक्ष घनश्याम अधिकारीले योजान अनुसारको काम सम्पन्न गर्न सफल भएको भन्दै सबै सहयोगिहरुलाई बधाई दिनु भएको थियो । कोभिड महामारीमा पनि वर्ष २०२० ले जेसीसको उदेश्य प्राप्तीमा सफल भएको बताउनु भयो । २०२०का अध्यक्षले उपस्तिथि सम्पुर्ण अतिथिहरु लाई मायाको चिनो प्रदान गर्नु भएको थियो ।