संघ \संस्था

नारायणगढ लेडी जेसीजद्धारा उत्प्रेरणा तालिम सम्पन्न

बाहुण्डाँगी, माघ १८ । नारायणगढ लेडी जेसीजले शाखाका पदाधिकारी तथा सदस्यलाई उत्प्रेरणा तालिम प्रदान गरेको छ ।
आइतवार शाखामा भएको उक्त तालिम नेपाल जेसीज २०२१ का राष्टिय कार्यकारीणी उपाध्यक्ष शिवप्रसाद भुषालले दिनु भएको थियो । तालिममा भुषालले जेसीज अभियानबाट प्राप्त हुने प्रतिफल र यसले समाजमा दिने योगदान सहित सदस्यहरुलाई उत्प्रेरक सामाग्रीहरु प्रस्तुत गर्नु भएको थियो । नेपाल जेसीजमा सफल प्रशिश्रकका रुपमा परिचित भुषालले नारायणगढ लेडी जेसीजले विगत उत्कृष्ट कार्य गर्दै आएको र आगामी वर्षमा समेत यसरी नै अघि बढ्न पदाधिकारीहरुलाई सुझाव सहित प्रशिश्रण गराउनु भएको थियो । तालिममा २५ जनाको सहभागिता रहेको थियो ।


शाखाकी अध्यक्ष सम्झना प्रधानको सभापतित्व तथा कार्यकारीणी उपाध्यक्ष भुषालको पमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा शाखाकी पूर्व अध्यक्ष तथा नेपाल जेसीजकी पूर्व काननी सल्लाहकार मनसा थैव श्रेष्ठ, निवर्तमान अध्यक्ष सकिला परियार, पूर्व अध्यक्ष रमा श्रेष्ठलगायतको सहभागिता रहेको थियो ।
कानुनी सल्लाहकार संगिता श्रेष्ठको संयोजनमा भएको कार्यक्रमको सञ्चालन महासचिव लक्ष्मी केसीले गर्नु भएको थियो ।