बाहुण्डाँगी १८ माघ । मन्दिरको बाहिरी भागमा बसेर कसैले केही रकम र खानेकुरा दिन्छकी भनेर बाटो हेर्ने व्यक्तिहरुका लागि आइतवार फरक अनुभूति भयो । सधै मागेर गुजारा चलाउने उनीहरुका लागि आइतवार भने दिनभरलाई खान पुग्ने खाद्यन्न प्राप्त गरे । बिना खबर एकाएक हरिहर मन्दिर पुगेका महिलाहरुको टोलीले एक एक गर्दै खाद्यन्नको पोका दिदैँ गर्दा उनीहरु पनि एकछिन् त चकित नै बने । अरु दिन एक जनाले पाउँदा अर्काे टुलुटुल हेर्नु पर्ने अवस्था हुन्थ्यो । किनकी एउटा व्यक्तिले सबैलाई दिन सक्ने अवस्था हुँदैनथ्यो । तर आइतवार त्यो भन्दा फरक दृष्य देखियो मन्दिर परिसरमा । यसको व्यवस्था गरेको थियो । नारायणगढ लेडी जेसीजले ।
मानवताको सेवा नै जीवनको सर्वाेतम कार्य भन्ने जेसीजको मुल आस्थालाई आत्मासाथ गर्दै लेडी जेसीजको टोलीले यस मन्दिरमा रहेका ५० जना मागेर गुजारा चलाउने व्यक्तिहरुलाई खाद्यन्न प्रदान गरेको हो ।
यो माघको कठाङ्ग्रिने जाडोमा जीवन चलाउन अरुको भरमा रहेका उनीहरुका लागि बस्नको कुनै व्यस्था छ । न त भनेको बेला पेटभरी खानेकुरा । मात्र उनीहरुको आँखा दिनभरी मन्दिर पुजा गर्न आउने भक्तजानहरुप्रति ।
शाखाकी अध्यक्ष सम्झना प्रधानको नेतृत्वमा गएको टोलीले मन्दिरमा रहेका उनीहरुलाई बिष्कुट, भुजा, चाउचाउ, दालमोटलगायतका खाद्यन्न प्रदान गरेको थियो । कार्यक्रममा निवर्तमान अध्यक्ष सकिला परियार,, शाखाका पूर्व अध्यक्षहरु शाखाका पदाधिकारीहरु तथा स्थानीयको सहभागिता रहेको शाखाकी तालिम संयोजक अनिता श्रेष्ठ अधिकारीले बताउनु भयो ।

