काठमाडौं, माघ २१ । चाणक्यका ९ विश्व चर्चित बाणीहरु :-
१. कमजोर व्यक्तिसँगको दुस्मनी ज्यादै महंगो हुन्छ । उसले त्यतिबेला हमला गर्छ जुन तपाईले कल्पना पनि गरेको हुँदैन ।
२.तपाई खुसी रहनु नै दुश्मनका लागि सबैभन्दा ठुलो सजाय हो ।
३. अरुको गल्तीबाट सिक किनकी आफ्नै गल्तीबाट सिक्न तिम्रो आयु छोटो छ ।
४. कुनै पनि व्यक्ति आवस्यकता भन्दा बढी इमान्दार सोझो हुनु हुदैन किनकी सोझो रुख पहिला काटिन्छ ।
५. भाग्यले उसैलाई साथ दिन्छ , जो जस्तो सुकै संकटमा पनि आफ्नो लक्ष्य प्रति दृढ रहन्छ ।
६. कुनै पनि व्यक्ति आफ्नो कामबाट मात्र महान हुन्छ जन्मबाट होइन ।
७. कष्ट र विपत्ति मानिसका लागि शिक्षा दिने तत्वहरु हुन । जसले शाहसका साथ ती चुनौतीहरुको सामना गर्छ उ महान बन्छ ।
८. सफलता प्राप्त गर्नको लागि असल साथीको आवस्यकता पर्दछ र धेरै नै ठुलो सफलता प्राप्त गर्नका लागि राम्रो शत्रुको आवस्यकता पर्दछ ।
९. भुतको बारेमा पछुताउनु र भविस्यको बारेमा चिन्ता लिनु हुन्न । किनकी विवेकवान मानिस सँधै वर्तमानमा जित हाँसिल गर्छ ।

