काठमाडौं, माघ २१ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले भोलि नेपाल बन्द आह्वान गरेको छ । प्रतिनिधिसभा विघटनविरुद्ध आन्दोलनरत प्रचण्ड–माधव समूहले संवैधानिक निकायहरुमा भएको जबर्जस्ती नियुक्तिको बिरोधमा आमहड्तालको घोषणा गर्न लागेको छ ।
सरकारले संवैधानिक निकायहरुमा जबर्जस्ती नियुक्ति गरेको भन्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहले बिहिबार आमहड्ताल घोषणा गरेको हाे ।
नेकपा बागमती प्रदेश अध्यक्ष नारायण दाहालले सामाजिक सञ्जाल फेसबुकमार्फत नेपाल बन्द गरिएकोबारे जानकारी दिएका छन् ।
पूर्वनिर्धारित आन्दोलनको कार्यक्रम परिमार्जित गर्दै आम हड्ताल घोषणा गर्ने निर्णय गरेको हो ।

