संघ \संस्था

कालिका जेसीजद्धारा लोम अफिसर तालिम सम्पन्न

बाहुण्डाँगी । यसै वर्ष मात्र भलबारी महाधिवेशनबाट पूर्ण स्वीकृति पाएको कालिका जेसीजले वर्ष २०२१ को पहिलो कार्यक्रमका रुपमा शाखा पदाधिकारीहरुलाई तालिम प्रदान गरेको छ ।


शाखाका पदाधिकारी तथा सदस्यहरु समेत सहभागि रहेको तालिममा नेपाल जेसीजका पूर्व उपाध्यक्ष तथा गैडाकोट जेसीजका संस्थापक अध्यक्ष बद्री सापकोटाले प्रशिश्रण गराउनु भएको थियो । प्रशिश्रक सापकोटाले शाखामा रहेका पदाधिकारीहरुको काम कर्तव्य र जेसीज अभियानलाई सार्थक बनाउन कालिका जेसीजले खेल्नु पर्ने भूमिकाका बारेमा प्रशिश्रण गराउनु भएको थियो । उहाँले स्थापना समयको सुरुवाती अवस्थामा रहेको बताउँदै आउँदा दिनहरुमा संस्थालाई बलियो र दिर्घकालिन अवस्थामा लैजानका लागि हरेक सदस्यहरुका जिम्मेवारी पूर्वक लाग्नु पर्ने बताउनु भएको थियो ।


शाखाका अध्यक्ष सन्देश रेग्मीको सभापतित्व तथा मातृ शाखा बिसहजार जेसीजका पूर्व अध्यक्ष सन्तोष मजाकोटीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा मुख्य प्रशिश्रक सापकोटा जनप्रतिनिधि लिला बहादुर गुरुङ, जियन महत्तो, शिक्षाबिद डा. हरि कडेलको सहभागिता रहेको थियो ।


कार्यकारीणी उपाध्यक्ष मेनुका थापा अधिकारीले स्वागत गर्नु भएको थियो भने कार्यक्रमको सञ्चालन महासचिव अमृत अम्गाईले गर्नु भएको थियो ।