काठमाडौं, माघ २५ । नेपाल टेलिभिजन उद्योगीहरुको साझा संगठन नेपाल मिडिया एलाइन्सले आयोजना गरेको अन्तरक्रियाका क्रममा नेकपा दाहाल–नेपाल पक्षका अध्यक्ष माधवकुमार नेपालले कुर्सीसंग नभई निरंकुश प्रवृत्तिकाविरुद्ध लडेको बताए ।
प्रधानमन्त्री केपी शर्मा ओली निरंकुश प्रवृत्तिको नाइके भएकाले लोकतन्त्र र संविधान रक्षाका लागि जोखिम मोलेर सडकमा आएको दाबी गरे । कार्यक्रममा बोल्दै नेपालले गणतन्त्र र संविधानविरोधी ओली प्रतिगमनकारी भएकाले आफुसंग दाज्न नमिल्ने बताएका हुन् ।

