मेचीनगर, फागुन १४ । मेचीनगर नगरपालिका वडा नम्बर ४ वडा कार्यालयको आर्थिक सहयोगमा दुई दिने बालबालिका क्षमता अभिबृद्धि कार्यक्रम सम्पन्न भएको छ ।

सरस्वती मावि परिसरमा फागुन १३ र १४ गते आयोजना भएको कार्यक्रममा वडाका सामुदायिक तर्फ सरस्वती मावि र पशुपति मावि तथा संस्थागत मावि तर्फ विद्या विकास एकाडेमी र अंशु एकाडेमी गरी चार वटा मावि ले सहभागी जनाएका थिए ।
कार्यक्रममा मावि स्तरिय हाजिर जवाफ प्रतियोगिता, मैत्रिपूण फुटबल, दौड, रिले दौड, सटपुट, नित्य, गायनलगायतको प्रतियोगिता आयोजना गरिएको थियो । साथै कार्यक्रममा स्लो स्कुटर रेस महिला तथा स्लो बाईक रेस पुरुष पनि आयोजना गरिएको थियो ।

समापन कार्यक्रममा प्रमुख अतिथि समेत रहेका मेचीनगर–४ वडा अध्यक्ष नविन बरालले बालबालिकाको पढाई संगै अतिरिक्त क्रियाकलापमा पनि दक्ष बनाउने उदेश्यले क्षमता अभिबृद्धि कार्यक्रम आयोजना गरिएको बताए ।
सरस्वती मावि विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सोम बहादुर आचार्यको अध्यक्षतामा आयोजना भएको कार्र्यक्रममा पूर्व प्रअ प्रेम कुमार क्षेत्री, साना किसान सहकारी संस्था बाहुण्डागीका प्रमुख पोषक कुमार दर्जी, पशुपति माविका प्रअ लक्ष्मण प्रधानलगायतको आतिथ्यता रहेको थियो ।
सरस्वती माविका प्रधानाध्यपक भिम कुमार श्रेष्ठले स्वागत गरेको कार्यक्रममा सञ्चालन शिक्षक विक्रम थापा र शिक्षिका अनिता थापाले गरेका थिए ।

