युवराज आचार्य
झापा, फागुन १६ । प्रधानमन्त्री केपी शर्मा ओली आज गृहजिल्ला तथा आफ्नो निर्वाचन क्षेत्र झापा आउँदैछन् । उनी औद्योगिक पार्कलगायतका विकासका आयोजना शिलान्यासका लागि झापा आउने भएका हुन् ।
प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार प्रधानमन्त्री ओली आज साँझ नै काठमाडौं फर्किने तयारी छ । प्रधानमन्त्री ओलीले झापाको निर्वचन क्षेत्र नम्बर ५ मा औद्योगिक पार्कको शिलान्यास गर्नेछन् । रतुवा खोलामा बनेको पुल पनि प्रधानमन्त्री ओलीले उद्घाटन गर्ने तयारी छ ।

