बाहुण्डाँगी, फागुन १६ । नव ज्योति युवा क्लबको आयोजजामा सुरु भएको नव ज्योति नकाउट फुटबल प्रतियोगिताको उदघाटन खेलमा आयोजक टिमको विजय सुरुवत भएको छ ।
नव ज्योति युवा क्लबको आयोजनामा शनिवारबाट सुरु भएको प्रतियोगिताको उद्घाटन खेलमा आयोजक नव ज्योति युवा क्लब २–० को गोल अन्तरले विजय भएको हो ।
प्रतियोगिताको उद्घाटन मेचीनगर नगरपालिकाका मेयर विमल आचार्यले गर्नु भएको थियो । कार्यक्रम उद्घाटन गर्दै प्रमुख अतिथि आचार्यले नगरको फुटबलले यस क्षेत्रको पहिचान बनाएकाले खेल जगतमा नगरले सधैँ सहकार्य गरेर अघि बढ्ने बताए । मेयर आचार्यले बडाखाल खेल जगतमा सधैँ अगस्थानमा रहेको स्मरण गर्दै यस क्षेत्रका हरेक युवाहरुलाई खेल जगतमा लाग्न आगह गरे ।
क्लबका अध्यक्ष चन्द्र तामाङको अध्यक्षतामा भएको कार्यक्रममा विशेष अतिथि मेचीनगरकी उपमेयर मिना उपेती, नेपाली कांगेसका जिल्ला कोषाध्यक्ष केशवराज पाण्डेले बोल्नु भएको थियो । कार्यक्रममा मेचीनगर वडा नम्बर ३ का वडा अध्यक्ष हर्क बस्नेत, वडा नम्बर ४ का वडा अध्यक्ष नबिन बराल, वडा नम्बर २ का वडा अध्यक्ष तिलक न्यौपाने, वडा नम्बर १ का वडा अध्यक्ष पासाङ तामाङ, झापा जिल्ला फुटबल संघ का अध्यक्ष भगिरथ आले मगर, सोम आचार्य, धनकला थापा, आयोजक समितिका राजकुमार राय, राजेश बस्नेत, दिपक थापा, नेपाली कागेसका वडा सभापति धनबहादुर अधिकारी, नेकपाका वडा अध्यक्ष राजेन्द थापा विभिन्न वडाका सदस्यहरुलगायतको सहभागिता रहेको थियो । क्बलका उपाध्यक्ष सुमन थापाले स्वागत गरेको कार्यक्रमको सञ्चालन धनराज भण्डारीले गर्नु भएको थियो ।
२२ गते सम्म हुने प्रतियोगितामा जिल्लाका ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगितामा विजेता टिमले नगद ८० हजार, ट्रफी र प्रमाण पत्र पाउने छ भने उपविजेता टिमले नगद ५० हजार ट्रफी र प्रमाण पत्र पाउनेछ ।
आइतवारको खेल श्रीनाथ गण चारआली र रोलिङ कल्ब धुालावरी बिच हुने आयोजक समितिले बताएको छ ।

