खेलकुद

चेल्सी र लिड्सले प्रिमियर लिगमा अंक बाँडे

काठमाडौं, चैत १ । इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सी र लिड्स युनाइटेडले एक एक अंक लिएका छन् ।

शनिबार राति भएको खेलमा दुवै टिमले गोलरहित बराबरी खेल्दै एक एक अंक लिएका हुन् । यो नतिजाले चेल्सीलाई तेस्रो स्थान पुग्न भने रोकेको छ ।

चेल्सी ५१ अंकका साथ चौथो स्थानमा रहेको छ । भने लिड्स ३६ अंकका साथ ११ औं स्थानमा रहेको छ । खेल भर चेल्सीले बल पोजेसन ६२ प्रतिशत राखे पनि गोल गर्न भने असफल रह्यो ।