संघ \संस्था

दुईदिवसिय विपत व्यवस्थापन सम्बन्धि तालिम सुरु

मेचीनगर, चैत ६ । झापाको बाहुण्डाँगीमा समुदायमा अाधारित दुईदिवसिय विपत व्यवस्थापन सम्बन्धि तालिम सुरु भएको छ ।

बाहुण्डाँगी सामुदायिक भवनमा शुक्रबार तालिमको उद्घाटन ईलाका प्रहरी कार्यालय काँकडभिट्टा प्रमुख डिएसपी सुनिल दाहालले गरेका थिए ।

मेचीनगर ४ वडा कार्यालयको प्रायोजन तथा नेपाल रेडक्रस उपशाखा बाहुण्डाँगीको अायोजनामा सञ्चालन भएको दुईदिवसिय तालिममा वडा नं ४ का प्रत्येक टोल विकास संस्थाबाट दुई दुई जना गरि ५० जना सहभागी भएका छन् ।

This image has an empty alt attribute; its file name is 20210319_120554-1024x768.jpg

शनिबारसम्म सञ्चालन हुने तालिममा प्रमुख प्रशिक्षकको रूपमा नेपाल रेडक्रस जिल्ला शाखा झापाका प्रशिक्षक हरिशरण खड्का रहेका झन् । त्यसैगरी प्रशिक्षकमा नेपाल रेडक्रस जिल्ला शाखा झापाका मन्त्री चन्द्रप्रसाद चुडाल रहेका छन् ।

नेपाल रेडक्रस उपशाखा बाहुण्डाँगीका सभापति घनश्याम दाहालको अध्यक्षतामा सम्पन्न उद्घाटन सत्रमा कार्यक्रम संयोजक कमल गोलेले कार्यक्रम माथि प्रकाश पारेका थिए ।

This image has an empty alt attribute; its file name is 20210319_115018-1024x768.jpg

कार्यक्रममा समाजसेवी सनत अधिकारी, अनुप कार्की, निरज घिमिरे र किशोर भण्डारीलगायतको अातिथ्यता रहेको थियो ।

संस्थाका सदस्य लोकनाथ लामिछानेले स्वागत गरेको कार्यक्रम सञ्चालन सहसचिव रोशन गिरीले गरेका थिए ।