संघ \संस्था

काँकरभिट्टा खानेपानीमा निर्वाचनमा १२ पदमा ३३ जनाको उम्मेद्वारी

मेचीनगर, चैत १२ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आसन्न निर्वाचनका लागि विभिन्न पदमा विहीबार मनोनयन दर्ता भएको छ । खानेपानीको आउँदो निर्वाचनका लागि कुल १२ पदमा ३३ जनाको उम्मेद्वारी परेको निर्वाचन समिति सदस्य सचिवसमेत रहेका संस्थाका कार्यालय प्रमुख दिपक पोखरेलले जानकारी दिए । अध्यक्ष पदमा ४ जनाको उम्मेद्वारी परेको छ । जसमा संस्थाका Read More…

खेलकुद

टाइब्रेकरमा भाग्यमानी साबित हुँदै शिवसताक्षी फाइनलमा प्रवेश

देबु बानियाँधुलावारी, चैत १२ । टाइब्रेकर भाग्यमानी बन्दै शिवसताक्षी नगरपालिका स्पोर्टिङ क्लब धुलावारीमा जारी चौथो रोलिङ क्लब च्यालेन्ज कपको फाइनलमा प्रवेश गरेको छ । बिहिवार सम्पन्न दोस्रो तथा अन्तिम सेमीफाइनल खेलमा धाइजन चारआली फुटबल क्लबलाई टाइब्रेकरमा ४–२ को गोल अन्तरले पछि पार्दै शिवसताक्षीले आयोजक रोलिङ फुटबल क्लबसँगको भेटलाई पक्का गरेको छ । यो सँगै शनिवार Read More…

संघ \संस्था

काँकरभिट्टा खानेपानीमा लोकतान्त्रिक प्यानलको उम्मेदवारी घोषणा, अध्यक्षमा फ्याक, सचिवमा आङदेम्बे

मेचीनगर, चैत १२ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको चैत २१ गते हुने निर्वाचनका लागि लोकतान्त्रिक प्यानलको मनोनयनसहित उम्मेदवारीको नामवली घोषणा गरिएको छ । विहीवार खानेपानी कार्यालयमा उम्मेदवारी मनोनयन गरेको प्यानलले पत्रकार सम्मेलन गरी नाम सार्वजनिक गरेको हो । नेपाली कांग्रेस, जनता समाजवादी पाटी(जसपा) र माओवादी केन्द्रको चुनावी गठबन्धन रहेको लोकतान्त्रिक प्यानलले अध्यक्षमा वर्तमान Read More…

राजनीति

युवा संघ मेचीनगर आठौं सम्मेलनको तयारीमा

मेचीनगर, चैत १२ । नेकपा एमाले निकट भ्रातृ संगठन युवा संघ नेपाल मेचीनगर कमिटीले यही चैत १४ गते आठौं सम्मेलन गर्ने भएको छ । संघका अध्यक्ष सरोज मेहेराको अध्यक्षतामा बिहीबार आयोजित पत्रकार सम्मेलनमा सो जानकारी दिइएको हो । ‘बद्लिँदो राजनीतिक परिवेशमा अधिवेशन मार्फत् संघको नगर कमिटीलाई थप चलायमान बनाउँदै पुनर्गठन गर्न लागेका हौं’–अध्यक्ष मेहेराले भने Read More…

संघ \संस्था

दुर्गाप्रसादले पाए नेपाली नागरिकता

झापा, चैत १२ । ४० वर्षपछि भारतीय जेलबाट छुटेर आएका इलामका दुर्गाप्रसाद तिम्सिनाले बिहीबार नेपाली नागरिकताको प्रमाणपत्र पाएका छन् । जिल्ला प्रशासन कार्यालय इलामले उनलाई वंशजको आधारमा नागरिकता दिएको हो । ’प्रदेश सरकारले उहाँलाई तत्काल नागरिकता दिएर उपचार गर्ने निर्णय गरेअनुसार नागरिकता दिइएको थियो । नागरिकता लिनका लागि दुर्गाप्रसादका भतिजा गोपाल तिम्सिनाले सनाखत गरेका छन् Read More…

स्वास्थ्य

फेरि फैलिँदै कोरोना

काठमाडमैं, चैत १२ । कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमणको प्रभाव कम गर्न भन्दै लकडाउन गरिएको एक वर्षपछि फेरि कोरोनाको जोखिम उस्तै त्रासदीपूर्ण तरीकाले बढ्न थालेको छ । छिमेकी मुलुक भारतका विभिन्न सहरहरुमा व्यापक रुपमा संक्रमण बढ्न थालेपछि सीमावर्ती भागहरू हुँदै नेपाल प्रवेश गर्ने नेपालीहरु र खुल्ला सीमाको फाईदा उठाउँदै निर्वाध आउजाउ हुँदा नेपालमा झनै Read More…

स्वास्थ्य

भीडभाड गरेर होली खेल्न नपाइने

काठमाडमैं, चैत १२ । कोरोनाको जोखिम बढेपछि सरकारले स्वास्थ्य मापदण्डमा अनिवार्य पालना गर्न आग्रह गरेको छ । नेपालमा कोरोना भाइरस सङ्क्रमणको दोस्रो लहर आउने सम्भावना उच्च रहेको भन्दै सावधानी अपनाउन सरकारले सबैसँग आग्रह गरेको हो । भारतमा नयाँ भेरिएन्टसहित नयाँ लहर देखा पर्नु र नेपालमा पनि सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या बढ्दै जानुले नयाँ लहरको सम्भावना Read More…

खेलकुद

पोर्चुगलको सुखद सुरुआत

काठमाडौं, चैत १२ । सन् २०२२ मा कतारमा हुने फिफा विश्वकप छनोट खेलअन्तर्गत पोर्चुगलले सुखद सुरुआत गरेको छ । बुधबार राति भएको युरोपियन छनोटको पहिलो खेलमा पोर्चुगलले अजरबैजानमाथि १–० गोलको जित निकालेको हो । इटालीस्थित युभेन्टस स्टेडियममा पोर्चुगलले आत्मघाती गोलमा जित निकालेको हो । खेलको ३७औँ मिनेटमा अजरबैजानका माक्सिम मेदभेदेवले आफ्नै पोस्टमा गरेको गोल नै Read More…

संघ \संस्था

काँकरभिट्टा खानेपानीमा साझा उम्मेद्वारको नाम सार्वजनिक

मेचीनगर, चैत ११ । काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको आसन्न निर्वाचनका लागि नेकपा (एमाले) र राप्रपा नेपालको तर्फबाट साझा उम्मेद्वारको नामावली प्रकाशन गरिएको छ । निर्वाचन परिचालन समिति संयोजक देवकुमार राई र राष्ट्रिय प्रजातन्त्र पार्टी मेचीनगर अध्यक्ष सबिना बजगाईंद्वारा संयुक्तरुपमा हस्ताक्षरीत विज्ञप्तीमा नेकपा एमाले र राप्रपाको तर्फबाट साझा उम्मेद्वारको टुंगो लगाएको हो । विज्ञप्तीमा Read More…

राजनीति

राप्रपा क्षेत्रीय अध्यक्षमा असोक सुब्बा

मेचीनगर, चैत ११ । राप्रपा क्षेत्र नम्बर १ को क्षेत्रीय अधिवेशनले अध्यक्षमा असोक सुब्बालाई सर्वसम्मत चयन गरेको छ । बुधबार मेचीनगर–७ स्थित जोरसिमल कृषि सहकारी संस्थाको सभाहलमा आयोजित क्षेत्रीय अधिवेशनले अध्यक्षमा सुब्बालाई सर्वसम्मत चयन गरेको हो । अध्यक्ष सुब्बाको नेतृत्वमा २१ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको छ । त्यसैगरी भेलाले क्षेत्र ‘क’ को अध्यक्षमा कल्याण खड्का Read More…