स्वास्थ्य

कोरोना संक्रमणबाट अर्जुनधाराका दुई व्यक्तिको मृत्यु

झापा, बैशाख २७ । कोरोना संक्रमणबाट आज अर्जुनधाराका दुई व्यक्तिको मृत्यु भएको छ । मृत्यु हुने दुवै पुरुष हुन् ।

अर्जुनधारा नगर स्वास्थ्य शाखाका अनुसार मृत्यु हुनेमा अर्जुनधारा ५ का प्रधान थरका ६१ वर्षीय रहेका छन् । उनको उपचारका क्रमममा धरानमा मध्यरातमा मृत्यु भएको हो ।

त्यस्तै, अर्जुनधारा ९ का अधिकारी थरका ४२ वर्षीय पुरुषको पनि मृत्यु भएको छ । उनको आज बिहान ३ बजे बिएन्डसीमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ ।

प्रधानलाई अन्य रोगको उपचारका लागि धरान लगिएकोमा उतै परीक्षण गर्दा वैशाख १६ गते संक्रमण पुष्टि भएको थियो । यस्तै, अधिकारीलाई वैशाख २३ गते संक्रमण पुष्टि भएको थियो ।