मेचीनगर, बैशाख २७ । झापा मेचीनगरका युवा समाजसेवी सोम ओझाले विपन्न तथा दिर्घ रोगी एक दम्पतिलाई औंषधी र खाद्यान्न सहयोग गरेका छन् ।
हलेसी मेडिकल हल धुलाबारीका प्रोपाइटर समेत रहेका ओझाले मेचिनगर -९ का दिर्घ रोगी दम्पतिलाई १ महिनाको खाद्यान्न र औंषधी सहयोग गरेका हुन् ।
कोरोना कहरका कारण अहिले विपन्न तथा दिर्घ रोगीहरू बढी समस्यामा परेका हुनाले आफुले सकेको सानो सहयोग गरेको ओझाले जानकारी दिए ।

