बाहुण्डाँगी । धनकुटा लेडी जेसीजले घोषणा गरेको जेसीज गाउँमा मानवीय जीवन जोगाउन र अहिलेको विषम परिस्थितिमा कोभिड १९ को प्रकोपलाई लाग्न नदिन रोकथामका लागि जेसिज गाउँमा रहेका २२ घर परिवाका लागि सेनिटाईजर हस्तान्तरण गरेको छ।
नया भेरियन्ट सहितको कोभिड(१९ को संक्रमण महामारीले यतिबेला धनकुटा आक्रान्त बनिरहेको र संक्रमण तीव्र रुपमा फैलिदाँ विगतको भन्दा संक्रमणदर र मृत्युदर बढेर भयावह अवस्थामा पुगेकोले हामीले आफू पनि बाँच्ने र अरुलाई पनि बचाउने हामी जेसीजका युवाहरुको कर्तव्य र जिम्मेवारी भएको छ।
यस सामाग्रीहरु उपलब्ध गराएर सहयोग गरि दिनु भएकोमा झुम्का जेसीज बर्ष २०१९ का अध्यक्ष तथा लाईन्स क्लब अफ रामधुनी २१र२२ का अध्यक्ष पुष्प कार्कीलाई धनकुटा लेडी जेसीज अध्यक्ष विशिका श्रेष्ठले आभार व्यक्त गर्नु भयो ।

