संघ \संस्था

धनकुटा लेडी जेसीजद्धारा जेसीज गाउँमा खाद्यन्न वितरण

बाहुण्डाँगी । धनकुटा लेडी जेसीजले यसै वर्ष स्थापना गरेको जेसीज गाउँमा खाद्यन्न वितरण गरेको छ । मानवताको सेवा जीवनको सर्वोत्तम कार्य हो आस्थालाई चरितार्थ गर्दै धनकुटा लेडी जेसीजले घोषणा गरेको जेसीज गाउँमा रहेको २२ परिवार लाई खाध्यान्न सामाग्री वितरण गरेका छौँ।

जेसीज गाउँमा रहेका विपन्न २२ परिवारलाई १ किलो चिनी, १ किलो नुन, १ पाकेट भुजा, १ किलो दाल र १ पाकेट न्युटेला प्रत्येक परिवारलाई हस्तान्तरण गरिएको अध्यक्ष विशिका श्रेष्ठले बताउनु भयो ।