काठमाडौं, जेठ ६ । प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत नलिने भएका छन्।
बिहीवार बालुवाटारमा बसेको मन्त्रीपरिषद् बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत नलिने बताएका हुन्।
उनले विश्वासको मत लिनुको सट्टा राजनीमा दिएर संविधानको धारा ७६(५) बमोजिम नयाँ सरकार गठनका लागि मार्ग खोल्ने बताएको एक मन्त्रीले बताए।
सत्तारुढ नेकपा एमालेनै विभाजित रहेको र जसपाले पनि मत दिने नदिने यकिन नभएको समयमा ओलीले विश्वासको मत नलिइ अर्को उपधारा अन्तर्गत पुन प्रधानमन्त्रीमा नियुक्त हुन खोजेका हुन्।
उक्त उपधारा अन्तर्गत प्रधानमन्त्री बन्दा समेत विश्वासको मत नपाए संविधानतः संसद विघटन हुनेछ।

