संघ \संस्था

कमलनगर जेसीजद्धारा गाउँपालिकाको अस्थायी कोभिड अस्पताललार्ई ५ थान अक्सिजन प्रदान

बाहुण्डाँगी १७ जेठ । कमलनगर गाउँपालिकाले स्थापना गरेको अस्थायी कोभिड अस्पतालका लागि कमलनगर जेसीजले ५ थान अक्सिजन सिलिण्डर प्रदान गरेको छ । आइतवार सोही अस्पताल परिसरमा पुगेर संस्थाका अध्यक्ष छत्रमणी खनाल (गोपाल)ले गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले र उपाध्यक्ष बेनु सिवाकोटीलाई अक्सिजन प्रदान गरिएको हो । साथै विभिन्न वडाका वडा अध्यक्षहरुको समेत सहभागिता रहेको थियो ।जेसीजलाई उक्त सिलिण्डर उर्लावारी जेसीजका निवर्तमान अध्यक्ष यादव भण्डारीले व्यवस्थापन गरिदिएका थिए । ।सिलिण्डर हस्तान्तरणमा संस्थाका संस्थापक अध्यक्ष रुप नारायण न्यौपाने २०१८ का अध्यक्ष केदार कटुवाल, २०२० का अध्यक्ष हेम दाहाल, आजिवन सदस्य उमानाथ भण्डारी, आजिवन सदस्य जेसी राजन ढुंगान, अध्यक्षीय सल्लाहकार नारायण बस्नेत, महेश भण्डारी, रिजु कार्की ज्यु , देबेन्द्र दाहाल , प्रबिन खड्का, बिष्णु भक्त लामिछानेलगायतबको सहभागिता रहेको अध्यक्ष खनालले बताए ।