झापा, जेठ २६ । झापामा पछिल्लो २४ घण्टामा थप १७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै झापामा सक्रिय संक्रमितको संख्या ४ हजार १ सय ३९ पुगेको छ । आज थप २ सय ४ जना उपचारपछि डिस्चार्ज भएका छन् । जिल्लाका विभिन्न अस्पतालहरुबाट उनीहरु डिस्चार्ज भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । जिल्लामा डिस्चार्ज हुनेको Read More…
Month: June 2021
एकका लागि एक अभियानद्वारा झापामा अक्सिजन बैंक स्थापना
झापा, जेठ २६ । एकका लागि एक अभियानले स्थापना गरेको अक्सिजन बैंकको औपचारिक उद्घाटन गरिएको छ । अक्सिजन बैंकको बुधबार झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले उद्घाटन गरेका हुन् । अहिलेको बिषम् परिस्थितिमा अक्सिजन सिलिन्डरको अभावलाई मध्यनजर गर्दै अक्सिजन बैंक स्थापना गर्नु अभियानको सराहनीय कार्य रहेको प्रजिअ तिमिल्सिनाले बताए । अभियानले ३ सय सिलिन्डर खरिद Read More…
आगलागीमा परी घाइते भएकी आमाको मेची अस्पतालमा मृत्यु, २ छोराको उपचार हुँदै
झापा, जेठ २६ । आगलागीमा परी गम्भीर घाइते भएकी एक महिलाको मेची अञ्चल अस्पताल भद्रपुरमा मृत्यु भएको छ। पाँचथरको फिदिम नगरपालिका९४ जोरसालकी ७२ वर्षीया चनमाया सापकोटाको उपचारको क्रममा बुधवार बिहान मृत्यु भएको अस्पताल प्रशासनले जनाएको छ। आगलागीमा परी घाइते भएका ती वृद्धका छोराहरु ४९ वर्षीय दिनानाथ र ३२ वर्षीय मदन सापकोटाको अस्पतालमा उपचार भइरहेको छ। Read More…
झापामा करेन्ट लागेर एक बालकको मृत्यु
झापा, जेेठ २६ । झापाको विर्तामोडमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बिर्तामोड नगरपालिका १० स्थित ठुटेबर निवासी डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनाश गुरुङ रहेका छन् । प्रहरी कार्यालय झापाका डिएसपी राकेश थापाका अनुसार बुधवार बिहान आफ्नै घरमा पानी तान्ने मोटरमा रहेको नाङ्गो तार छुँदा ती बालकलाई करेन्ट लागेको थियो Read More…
निषेधाज्ञा उल्लंघन गर्ने बसलाई पाँच हजार जरिवाना
झापा, जेठ २६ । निषेधाज्ञा उल्लंघन गर्ने सार्वजनिक बसलाई कारवाही गरिएको छ । मंगलवार विहान बुटवलबाट काँकडभिट्टासम्मको लागि आएको ना.४ ख ५१५२ नं.को यात्रु बाहक बस कारवाही गरिएको झापा प्रहरीले जनाएको छ । दमक –४ स्थित अस्थायी प्रहरी पोष्ट ताराबारीले चेक जाँच गर्ने क्रममा रोक्न खोज्दा जबर जस्ती भागेको उक्त बसलाई इप्रका दमकबाट खटिएको प्रहरी Read More…
मेचीनगरमा आजबाट कोभिड–१९ विरुद्धको खोप लगाइदैं
मेचीनगर, जेठ २६ । मेचीनगरपालिकामा आजबाट कोभिड–१९ विरुद्धको खोप लगाइने भएको छ ।चीनबाट ल्याइएको भेरोसेल खोपको पहिलो मात्रा ६२ बर्षदेखि ६४ बर्षसम्मका नागरिक र अग्रपंक्तिमा रहेका स्वास्थ्यकर्मीहरुका लागि लगाइने छ ।खोप आज र भोली बिहान १० बजे देखि २ बजेसम्म लगाइने नगरपालिका स्रोतले बताएको छ । सो उमेरसँगै यस अघि जिल्ला बाहिर रहेर भेरोसेलको पहिलो Read More…
प्रतिनिधिसभा पुनःस्थापना हुन्छ: प्रचण्ड
काठमाडौं, जेठ २६ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा पुनःस्थापना हुने दाबी गरेका छन् ।न्यायालयले संविधानलाई नै हेरेर फैसला गर्ने भएकाले संसद पुनःस्थापना हुनेमा आफू ढुक्क भएको बताएका हुन् । मंगलबार तामाङ राष्ट्रिय मुक्ति मोर्चा नेपालको केन्द्रीय कमिटीको भर्चुअल बैठकलाई सम्बोधन गर्दै उनले संविधानअनुसार अहिले प्रतिनिधि सभा विघटन गर्न नमिल्ने भएकाले न्यायालयले Read More…
धनकुटा लेडी जेसीजद्धारा जेसीज गाउँका विद्यार्थीलाई शैक्षिक सामाग्री वितरण
बाहुण्डाँगी । धनकुटा लेडी जेसीजले यसै वर्ष मात्र स्थापना गरेको जेसीज गाउँका विद्यार्थीहलाई अध्यपानमा कुनै असहज नहोस भन्ने उदेश्यले सोमवार शैक्षिक सामाग्री वितरण गरिएको छ । कोरोनका कारण सबै विद्यालय बन्द भएपछि घरमै रहेका यस गाउँका बच्चाहरुलाई केही हदसम्म पढाइमा सहज होस भन्ने उदेश्यले यहाँका १६ जना विद्यार्थीहरुलाई कपि कलम र किताव हस्तान्तरण गरिएको शाखाकी Read More…
कलैया सिटि जेसीजको चुल्हो बाल्ने अभियान सातौ दिन राहत वितरण
बाहुण्डाँगी जेठ २५ । कलैया सिटि जेसीजको आयोजनामा चुल्हो बाल्ने अभियान यस वर्ष पनि १९ गते देखि शुरु भएको आज सातौ दिन राहत वितरण भएको छ । विश्वमा कोरोनाको दोस्रो भेरियन्टका कारण निषेधाज्ञा जारी भएको करिब १ महिना पुगेको छ । बन्दाबन्दीका कारण बिहान रबेलुका काम गरेर खाने मजदुर तथा विपन्न परिवार यसको प्रत्यक्ष मारमा Read More…
नेपाल जेसीजद्धारा मकवानपुरमा खाद्यन्न वितरण
बाहुण्डाँग जेठ २५ । नेपाल जेसीजले मंगलवार मकवानपुरस्थित बोटे बस्तीका ४८ घर परिवारलाई खाद्यन्न सामाग्री वितरण गरेको छ । नेपाल प्रहरीका पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल र एरीया बि अन्तर्गत बिभिन्न शाखाहरु सहयोगमा जुटाइएको उक्त खाद्यन्न सामाग्री मंगलवार मकवानपुरको मनहरी गाउपालिका वडा नं ७ को बोटे बस्तिमा पुगेर अति विपन्न परिवारलाई वितरण गरिएको हो । Read More…










