झापा, असार २६ । झापाको अर्जुनधारा नगरपालिकामा शुक्रबार साँझ करेन्ट लागेर एक जना निर्माण मजदुरको मृत्यु भएको छ ।
साँझ ५ः१५ बजे अर्जुनधारा ६ स्थित पूर्वेली टोलमा अमृतकुमार गुरुङको एकतले घरको छत ढलान गरी ढलानको भाईब्रेटर मेसिनको तार फुस्काउने क्रममा अचानक करेन्ट लागेर ३८ वर्षिय आयुष राईको मृत्यु भएको हो ।
ईलाम सन्दकपुर २ घर भई हाल बिर्तामोड १ बस्ने राई करेन्ट लागेर घाईते भई उपचारको लागि विर्तामोड स्थित बिएण्डसी अस्पताल पुर्याउनुअघि नै मृत्यु भएको प्रहरीले जनाएको छ ।

