समाचार

नवनियुक्त प्रधानमन्त्री देउवासंगै,चार मन्त्रीले लिए सपथ

काठमाडौं, असार २९ । नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले पद तथा गोपनीयताको शपथ लिएका छन् । मंगलबार साँझ शीतल निवासमा आयोजित विशेष समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीसामु देउवाले पद तथा गोपनीयताको शपथ लिएका हुन् । सर्वोच्च अदालतको फैसलापछि राष्ट्रपति भण्डारीले मंगलबार दिउँसो देउवालाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति भण्डारीले प्रधानमन्त्री नियुक्तिमा संविधानको धारा उल्लेख नगरेको भनी Read More…

राजनीति

कांग्रेसद्वारा धुलावारीमा दीप प्रज्ज्वलन

मेचीनगर, असार २९ । प्रधानमन्त्री पदमा शेरबहादुर देउवाको नियुक्ति र बिघटित संसद्को पुनस्र्थापना गर्ने सर्वोच्च अदालतको फैसलालाई स्वागत गर्दै आज साँझ धुलावारीमा कांग्रेस कार्यकर्ताले खुशीयाली साट्दै दीपावली गरेका छन् । धुलावारी मोडको धरहरा चोकमा भेला भएका कांग्रेसका नेता तथा कार्यकताले मैनबत्ती बालेर दीपावली गरेका थिए । कार्यक्रमको नेतृत्व नेपाली कांग्रेसका जिल्ला सदस्य एवम् धुलावारी क्याम्पसका प्रमुख Read More…

समाचार

देउवा प्रधानमन्त्रीमा नियुक्त, केहीबेरमा शपथ लिँदै

काठमाडौं, असार २९ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्री नियुक्त भएका छन्।  राष्ट्रपति विद्यादेवी भण्डारीले अदालतको आदेश अनुसार देउवालाई मंगलबार प्रधानमन्त्री नियुक्त गरेकी हुन्।  राष्ट्रपति कार्यालय स्रोतका अनुसार संविधानको धारा ७६ (५) अनुसार देउवा प्रधानमन्त्री नियुक्त भएका हुन्।   सर्वोच्च अदालतले सोमबार देउवालाई प्रधानमन्त्री नियुक्त गर्न राष्ट्रपति कार्यालयको नाममा परमादेश दिएको थियो । सर्वोच्चले प्रतिनिधिसभा Read More…

विविध

पराजुलीको हत्यामा संलग्न पक्राउ

नरेन इलामेलीइलाम, असार २९ । उच्च अदालत विराटनगर इलाम इजलासमा कार्यारत कार्यालय सहयोगी विमला देवी निरौला पराजुलीको हत्याको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । सोलुखुम्बु जिल्लाको नेचा सल्यान गाउँपालिका वडा नं. २ तोदी स्थायी ठेगाना भई  इलाम नगरपालिका वडा नं. ७ मा डेरा गरि बस्ने बर्ष ४८ कि बिमला देवी निरौला पराजुलीको हत्या अभियोगमा Read More…

संघ \संस्था

भानु पत्रकारिता पुरस्कारबाट प्रधान सम्पादक पौडेल पुरस्कृत

मेचीनगर, असार २९ । जन-संसद् दैनिकका प्रधान सम्पादक मुक्ति पौडेल पुरस्कृत भएका छन् । भानुभक्त आचार्यको २०८ औं जन्मजनयन्तीको अवसरमा काँकरभिट्टामा मंगलबार आयोजित एक कार्यक्रमका बीच पत्रकार मुक्ति पौडेललाई भानु पत्रकारिता पुरस्कारबाट पुरस्कृत गरिएको हो । भानु साहित्यक प्रतिष्ठानले आचार्यको जन्मजयन्तीको अवसरमा पत्रकार पौडेललाई पत्रकारिताको क्षेत्रमा लामो समय काम गर्दै नेपाली साहित्य र समाजलाई पुर्याएको Read More…

शिक्षा

एसईईको नतिजा साउन अन्तिममा आउने

काठमाडौं, असार २९ । कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई)को अन्तिम नतिजा आउन साउन मसान्तसम्म लाग्ने भएको छ । जिल्लामा रहेका शिक्षा विकास तथा समन्वय एकाइले हालसम्म विद्यार्थीको विवरण अद्यावधिक गर्न नसकेको तथा विभिन्न जिल्लामा आएको बाढीपहिरोका कारण पनि नतिजा प्रकाशन केही दिन पर सर्ने भएको हो । बोर्डका एसईई हेर्ने परीक्षा नियन्त्रक रुद्र Read More…