राजनीति

झापामा सर्वोच्च अदालतको फैसलाविरुद्ध बृहत् मोटरसाइकल र्याली

झापा, श्रावण २ । सर्वोच्च अदालतको फैसलाविरुद्ध नेकपा एमाले अध्यक्ष एवम् निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीको गृह जिल्ला झापामा बृहत् मोटरसाइकल र्याली निकालिएको छ ।

ओलीनिकट नेपाल खेलकुद महासंघ झापाले सर्वोच्चको फैसलाविरुद्ध शनिबार बृहत् मोटरसाइकल र्याली आयोजना गरेको हो ।

सर्वोच्च अदालतको असार २८ गतेको फैसला पछि केपी ओली नेतृत्वको सरकार विघटन भएको थियो। अदालतमा श-शरिर बहुमत उपस्थित भएर हस्ताक्षर बुझाएका नेपाली कांग्रेस संसदीय दलका नेता शेरबहादुर देउवालाई प्रधानमत्री बनाउन अदालतले परमादेश जारि गरेको थियो ।

सर्वोच्चको देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने फैसला एवं राजनैनिक हस्तक्षेपको विरुद्ध ओलीको बहिर्गमन पछि उनको पार्टी नेकपा एमाले र भातृ संगठनहरुले निरन्तर आन्दोलन गरिरहेका छन् ।

पश्चिममा दमक तथा पूर्वमा काकरभिट्टालगायत जिल्लाका विभिन्न स्थानबाट एकसाथ सुरु भएको र्यालीमा सयौं युवाको सहभागिता थियो । र्यालीले अदालतले सिमा नाघेर गरेको फैसला अस्विकार गर्ने चेतावनी दिएको छ ।

र्याली पछी बिर्तामोडमा संक्षिप्त कोणसभा आयोजना भएको थियो । कोणसभामा बोल्ने वक्ताहरुले जनादेश पाएको सरकार गिराएर परमादेश वाट सरकार बनाउन गलत भएको बताएका थिए ।