राजनीति

राष्ट्रिय युवा सङ्घद्वारा पूर्वीनाकामा वृक्षरोपण

मेचीनगर, श्रावण ४ । हरियो वन नेपालको धन भन्ने नाराका साथ राष्ट्रिय युवा सङ्घले नेपालको पूर्वीनाका स्थित काँकरभिट्टामा वृक्षरोपण गरेको छ ।

नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घ मेचीनगर कमिटीले आज एक कार्यक्रमको आयोजना गरी विभिन्न प्रजातिका ५ सय बिरुवा रोपेको हो ।

राष्ट्रिय युवा सङ्घ नेपाल केन्द्रीय सचिव राजु कार्कीको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा युवा सङ्घ नेपालका स्थायी कमिटी सदस्य अनिता कन्दङवा, एमाले पाटिका जिल्ला सदस्य डिल्ली घिमिरे, जिल्ला सदस्य राजु पोख्रेल, राष्ट्रिय युवा सङ्घ नेपालका केन्द्रीय सदस्य निशा लिम्बु, खेलकुद महासंघका केन्द्रीय सदस्यरबिन ओझा, युवा संघ नेपालका शिवसताशी नगरका अध्यक्ष फुर्वा लामालगायतको उपस्थिति रहेको थियो ।

राष्ट्रिय युवा सङ्घ नेपाल मेची नगर कमिटीका अध्यक्ष मानबहादुर तामाङको अध्यक्षतामा भएको कार्यक्रम सञ्चालन सङ्घका नगर सचिव वेग सुनारले गरेका थिए ।