झापा, साउन १६। नेत्र विक्रम चन्द ” विप्लव ” नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी जिल्ला कमिटी झापाले नेपालको पूर्वी नाका काँकरभिट्टामा भारतीय हस्तक्षेपका विरूद्व विरोध प्रदर्शन गरेको छ ।
भारतीय सीमा सुरक्षा बलका सुरक्षाकर्मी (एसएसबी) ले दार्चुलामा तुइन काट्दा जयसिंह धामी मृत्यु भएको भन्दै भारतीय हस्तक्षेपका विरूद्व विरोध प्रदर्शन गरेको नेपाल कम्युनिस्ट पार्टी जिल्ला सचिव प्रशान्तले जानकारी दिए ।
काँकरभिट्टा स्थित बसपार्कबाट शुरू भएको र्यालि बजार परिक्रमा गरेर हनुमान मन्दिर परिसरमा आएर काेणशभामा परिणत भएको थियोे ।
विरोध र्यालिमा जयसिंहलाई न्याय दे, भारतीय साम्राज्यवाद मुर्दावाद, नेपाल र नेपाली माथि भएको हत्या हिंसा बन्द गर , बैज्ञानिक समाजवाद जिन्दावाद, राष्ट्रघाति एमसिसी सम्झौता मुर्दावाद लगायतका नारा लगाइएको थियोे ।
पार्टीका केन्द्रीय सदस्य एवम् जिल्ला इन्चार्ज सुमन लिम्बूकाे नेतृत्व रहेको उक्त कार्यक्रममा जिल्ला तहका नेता तथा कार्यकर्ताहरू, जनवर्गीय संगठन र स्थानीयकाे समेत बाक्लो उपस्थिति रहेको थियोे ।

