संघ \संस्था

बाँके प्रहरीद्वारा २ महिनामा ३३१ जना पक्राउ, १ करोड ४० लाख बढी राजस्व संकलन

देबु बानियाँ
बाँके – बाँके प्रहरीले दुईमहिनाको अवधिमा विभिन्न अपराधमा संलग्न ३३१ जनालाई पक्राउ गरी आवश्यक कारबाहीका लागि अनुसन्धान र कैद भुक्तानका लागि प्रक्रिया अगाडि बढाएको छ ।

जिल्ला प्रहरी कार्यालय बाँकेको कमाण्ड सम्हालेको दुई महिना पुगेको अवसरमा प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले विवरण सार्वजनिक गर्दै उक्त कुरा बताउनु भएको हो।

बाँके जिल्ला प्रहरी कार्यालयका अनुसार गत असार १२ गतेदेखि भदौ १२ गतेसम्मको अवधिमा विभिन्न अपराधमा संलग्न भई दोषी ठहरभएका ५१ जना अभियुक्तबाट २२ वर्ष ९ महिना २७ दिन कैद र ४६ लाख १० हजार ७ सय १० रुपैयाँ जरिवाना असुल गरेको एसपी अधिकारीले बताए ।

अधिकारीले उक्त अवधिमा ८० ग्राम २६० मिलिग्राम ब्राउनसुगर, २०३२ ट्याब्लेट नाइट्राजेपाम, कोरेक्स २६०० मिलिलिटर र ट्रमाडोल ७० ट्याब्लेटसहित २८ जनालाई पक्राउ गरेको र उनीहरुबाट ५ लाख ११ हजार नगद पनि बरामद भएको बताएका छन् ।

त्यस्तै उक्त अवधिमा भन्सार चोरी पैठारी सम्बन्धी घटनामा संलग्नबाट ८३,९३,२८६ ।( बराबरको समान सहित १६ जना तस्कर पक्राउ गरि भन्सार कार्यालय बुझाएको जनाइएको छ । त्यस्तै उक्त अवधिमा क्वरेन्टाईन नगराईएको पशु पंक्षी तथा माछा मासुसहित ७ जनालाई पक्राउ गरिएको पनि जनाइएको छ । उनीहरूबाट रू। २,९७,५००।– बराबरको १९४ वटा बोईलर कुखुरा, ७९०० चल्ला, १ क्वीन्टल मासु,३५ किलो माछासहित ७ जनालाई पक्राउ गरि क्वारेन्टाईन कार्यालय बुझाएको प्रहरी कार्यालयले जनाएको छ ।

त्यस्तै विभिन्न बन्यजन्तुका छाला वा अंगसहित १० जनालाई पक्राउ गरिएको छ । ती मध्ये बाघको छाला ३, रेडपाण्डाको छाला १, भालुको पित ४, हातीको दाँत २ सहित १० जनालाई पक्राउ गरि डिभिजन वन कार्यालय बुझाईएको छ ।

प्रहरीले ११ अवैध काठका गोलीयासहित ३ जनालाई पक्राउ गरी डिभिजन वन कार्यालयमा बुझाएको जनाएको छ ।

त्यस्तै प्रहरीले विभिन्न ३ हतियारसहित २ जनालाई पक्राउ गरेको छ । प्रहरीका अनुसार कटुवा पेस्तोल २, भरुवा भन्दुक १, सो लाग्ने छर्रा ३ सहित २ जना लाई पक्राउ गरि कारबाही गरिएको छ । त्यस्तै हालसम्म १६३ मुद्दाका २४१ जना फरार प्रतिवादीलाई पक्राउ गरि कारबाही पनि गरिएको छ । प्रहरीले उक्त अवधिमा नदीजन्य पदार्थ उत्खनन् गर्ने २ टिप्पर, ५ टेक्टर नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि जिल्ला समन्वय समिति पठाईएकोमा २,५६,०००।– जरिवाना गरिएको पनि जनाइएको छ ।

यसलगायत अवस्थामा नरहेको सिसि क्यामेरा मर्मत कार्य सुरु गरिएको पनि एसपी अधिकारीले जनाएका छन् । उक्त अवधिमा विभिन्न अपराधमा संलग्नबाट १ करोड ४० लाख ८४ हजार ४ सय ९६ रूपैयाँ राजस्व संकलन गरिएको पनि प्रहरीले जनाएको छ ।