बाहुण्डाँगी । रजहर जेसीज २०२२ का लागि ईश्वरबहादुर लोहनी अध्यक्षमा निर्वाचित हुनु भएको छ ।
बुधवार सम्पन्न शाखाको ७ औँ साधारणसभा तथा छैटौ शाखा अधिवेशनले लोहोनीलाई अध्यक्षमा सर्वसम्वत निर्वाचित गरेको हो । लोहोनी नेपाल जेसीजको २०२२ का लागि पहिलो शाखा अध्यक्ष समेत हुनु भएको छ । यो नै पहिलो यो वर्षको शाखा अधिवशेन हो ।

शाखाको कार्यकारीणी उपाध्यक्षहरु विन्दु क्षेत्री र रमेश तिमल्सिना,
उपाध्यक्षहरु अनिल न्यौपाने, यामनाथ गौतम, प्रेम जिसी र जीवन शर्मा निर्वाचित भएका छन् । यसैगरी महासचिव प्रदिप अधिकारी, कोषाध्यक्ष दुर्गाप्रसाद काफ्ले र कानुनी सल्लाहकारमा शोभा मुख्या कोइरालालाई मनोनित गरिएको छ ।

शाखाका २०२१ का अध्यक्ष राजु केसीको सभापतित्व तथा शाखाकी संस्थापक अध्यक्ष सुलोचना कुँवर जिसीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पूर्व अध्यक्षहरु चित्रध्वज जिसी र सन्तोष थापाको समेत सहभागिता रहेको थियो ।



