बाहुण्डाँगी । नेपाल जेसीजको प्रोजेक्टका रुपमा रहेको जुनियर जेसीजको १० औँ राष्ट्रिय जुनियर जेसीज लिडर्स एकाडेमी आजबाट नेपालगञ्जमा सुरु हुँदैछ ।
नेपाल जेसीजको आयोजना तथा नेपालगञ्ज जेसीजको आतिथ्यतामा हुन लागेको एकाडेमीमा सहभागि हुन देशभरका जुनियर जेसीजका सदस्यहरुको सहभागिता हुनेछ ।
देशभरका २८ शाखाका २ सय भन्दा बढी जुनियर जेसीज सदस्य सहभागि हुने राष्ट्रिय जुनियर जेसीजका संयोजक सन्तोष पन्तले बताउनु भयो ।
नेपालगञ्जको होटल बाटिकामा हुने एकाडेमीको उद्घाटन बाके क्षेत्र नम्बर २ का प्रतिनिधि सभा सदस्य तथा पूर्व मन्त्री महोमद स्तीयाक राईले गर्ने कार्यक्रम रहेको एकाडेमीका निर्देशक आषिस आनन्दले बताउनु भयो । एकाडेमीमा सहभागि हुनका लागि नेपाल जेसीज बोर्डका सदस्यहरु तथा विभिन्न शाखाका अध्यक्षहरुको समेत उल्लेखिय सहभागिता रहने आतिथ्यता शाखा नेपालगञ्ज जुनियर जेसीजका अध्यक्ष
बसन्त बस्नेत जानकारी दिनु भयो । नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष सिनेटर अरुणेश्वर खनालले एकाडेमीको सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

