सुनवल नगरपालिकाका नगर प्रमुख भीमबहादुर थापाले जेसीजले क्षमता विकाससँगै उद्यमशिलतामा जोड दिन आग्रह गर्नु भएको छ । जेसीआई रामनगर वर्ष २०२१ द्धारा आयोजित जेसीज सप्ताह समापन समारोहलाई सम्बोधन गर्दै नगर प्रमुख थापाले जेसीजका युवाहरुले क्षमताको विकास मात्र नभइ हरेक युवाहरुलाई उद्यमशिलतामा जोडेर रोजगारीमुलक कार्यक्रम सञ्चालन गर्न आग्रह गुर्न भयो ।

कार्यक्रमका प्रमुख अतिथि समेत रहनु भएका थापाले जेसीजले वाचन गर्ने आस्थापाठ बोलीमा मात्र नभई व्यवहारमै लागु गर्नु पर्नेमा समेत जोड दिनु भयो । नगर प्रमुख थापा कुनै पाटी वा आस्था नहेरी ठिकलाई ठिक र बेठिकलाई बेठिक नै भन्न सक्नुपर्ने बताउनु भयो ।

जेसीआई रामनगर वर्ष २०२१ की अध्यक्ष देवीकला कण्डेलको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल जेसीजका कार्यकारीणी उपाध्यक्ष तथा शाखाका पूर्व अध्यक्ष भोजराज चापागाई, रामनगर जेसीजका संस्थापक अधयक्ष डोलराज भण्डारी, सुनवल नगरपालिका वडा नम्ब्र १२ का वडा अध्यक्ष यामलाल पाण्डे, शाखाका पूर्व अध्यक्ष भोजराज पौडेल, रामग्राम जेसीजका अध्यक्ष चन्द्रमणी चौधरी, महासचिव भविश्वर चापागाई लगायतले शुभकामना व्यक्त गर्नु भएको थियो ।

कात्तिक १७ गतेबाट विभिन्न कार्यक्रम गरी सप्ताह समापन भएको हो । सप्ताह अवधीमा शुभकामना आदानप्रदान, पवित्र बृद्धाआश्रममा खाद्यन्न वितरण, विरुवा संरश्रण, रंगरोगन, दिप प्रज्वलन, शैक्षिक सामाग्री वितरण, अन्तरमावि चित्रकला प्रतियोगिता, उद्यघोषण तालिम कार्यक्रम गरिएको थियो ।

