संघ \संस्था

दुई दिने अर्गानिक कृषि तालिम सम्पन्न

मेचीनगर । झापाको मेचीनगर नगरपालिका वडा नम्बर ८ स्थित सेन्टरी युवा क्लब द्वारा आयोजित दुई दिने अर्गानिक कृषि तालिम सम्पन्न भएको छ ।

मेचीनगर ८ वडा कार्यालयको आर्थिक सहयोगमा स्थानीय मेची विद्योदय आधारभूत विद्यालयमा शुक्रबारदेखि सुरू भएको अर्गानिक कृषि तालिम कार्यक्रम शनिबार सम्पन्न भएको छ ।

वडाका ५० बढी कृषक महिलाहरूको सहभागी रहेको तालिमको सहजकर्ता डिल्ली खतिवडाले गरेका थिए ।

समापन कार्यक्रममा प्रमुख अतिथि मेचीनगर ८ का वडाध्यक्ष विकेन्द्र धिमाल, अतिथिहरू वडा सदस्य गंगा पाठक, नेपाली काँग्रेस मेचीनगर ८ वडा सभापति गिरिराज धमलालगायतले तालिममा सहभागी प्रशिक्षार्थी महिलाहरूलाई बीउ(विजन वितरण गरेका थिए ।

संस्थाकी अध्यक्ष हेमा राय खनालको अध्यक्षतामा सम्पन्न समापन कार्यक्रमको सञ्चालन सचिव तेजन राजवंशीले गरेका थिए ।